नुवाकोटको बुङताङमा पहिरोले घर पुर्दा दुई बालकको ज्यान गयो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ असार २०७३, बुधबार १७:२९

pahirioनुवाकोट, १५ असार । नुवाकोटको बुङताङमा आज बिहान पहिरोले घर पुर्दा दुई बालकको ज्यान गएको छ ।
बुङताङ–४ डोटाटोलका मेघबहादुर तामाङको घरलाई आज बिहान ८ बजेतिर पहिरोले पुर्दा मेघबहादुरका छोरा १३ वर्षीय आइतराम र ६ वर्षीय आशिषको पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पहिरोमा परी तामाङका ९ वर्षीया छोरी विमला सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परी एउटा भैँसी र पाँच बाख्रासमेत मरेका छन् । भूकम्पले घर भत्किएपछि जस्ताको टहरो घरमा बस्दै आएका तामाङको टहरोमाथि रहेको ढिस्को खसेर पुरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो । घाइते तथा मृतकको स्थानीयवासीले तत्काल उद्धार गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१