नक्कली डाक्टरका बारेमा अदालतले दियो यस्तो आदेश

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ असार २०७३, मंगलवार ०८:१२

काठमाडौँ, १४ असार । नक्कली प्रमाणपत्र अभियोगमा पक्राउ परेका चिकित्सकलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

नक्कली प्रमाणपत्रका आधारमा चिकित्सक बनेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेपछि पक्राउमध्ये १० डाक्टर थुनामुक्त गर्न मागसहित सर्वोच्च अदालत पुगेका थिए ।

चिकित्सकका आफन्तले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमा अन्तिम सुनुवाई गर्दै कायमुकायम प्रधानन्यायधीश सुशीला कार्की र न्यायाधीश गोविन्दकुमार उपाध्यायको संयुक्त इजलासले सोमबार उनीहरुलाई थुनामुक्त गर्न अस्वीकार गरिदिएको हो । राजधानी दैनिक

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१