वैज्ञानिक भन्छन्, ‘यी हुन संसारको सबैभन्दा ‘पर्फेक्ट बडी’ भएकी महिला’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ असार २०७३, सोमबार १६:२९

सुन्दरता हेर्नेको आँखामा भर पर्छ भनेर भनिए पनि विज्ञानको नजरमा मोडल, अभिनेत्री एवम् टेलिभिजन प्रस्तोता केली ब्रुकको शारिरिक बनोट सबैभन्दा उत्कृष्ट भएको बताएका छन्।

यूनिभर्सिटी अफ टेक्सासका अनुसन्धानकर्ताहरूले आफ्नो अध्ययनका आधारमा सो कुराको दाबी गरेका हुन्। उनीहरूले वर्षौ अगाडी रहेको तथ्याङ्कको आधारमा केन्ट लासको शारिरिक संरचना हरेक मानेमा सबैभन्दा उत्कृष्ट रहेको बताएका थिए।

तर उनीहरूले गरेको अर्को अध्ययनले ३२ वर्षिया सुन्दरी केलीको शरिरको बनोट सबैभन्दा उत्कृष्ट रहेको पत्ता लगाएका हुन्। उनीहरूका अनुसार ५.५ उचाइ भएकी केलीको शारिरिक संरचना ९९-६३-९१ सेमी रहेको छ र उनले कुनै पनि प्रकारको प्लास्टिक सर्जरी गरेकी छैनन्।

अध्ययनका अनुसार सो शारिरिक संरचना मानिदैं आएको मापदण्डभन्दा केही मोटो हो जून उत्कृष्ट संरचनाको सबैभन्दा निकट हुन आउँछ। यही आधारमा उनको शारिरिक संरचनालाई ‘पर्फेक्ट बडी’ मानिएको हो।

 

सेतोपाटी बाट

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१