काबुल घटनामा दिवंगत भएका नेपालीको सम्झनामा मकाउमा “मकाउ नेपाली समाज” द्वरा दीप प्रज्वलन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ असार २०७३, सोमबार १४:१७

kabul 1  कर्ण बहादुर अधिकारी मकाउ,चीन। अफगानिस्तान काबुलमा तालिवानीको बम आक्रमणमा परी दिवंगत हुनु भएका नेपाली दाजुभाईहरूको दिवंगत आत्माको चीर शान्तिको कामना र घाईते हुनु भएका नेपाली दाजुभाईहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै “मकाउ नेपाली समाज”(NEPALI SOCIAL ASSOCIATION OF MACAU)ले आफ्नै क्लवमा बेलुकीको ६ बजे दीप प्रज्वलन साथै १ मिनेट मौन धारण कार्यक्रम समापन गरेको छ। उक्त दीप प्रज्वलन कार्यक्रममा नेपाल मैत्री संघका अध्यक्ष हर्क बहादुर कुवर,तमु समाज मकाउको तर्फबाट नवीन कुमार गुरूङ,मकाउ तामाङ घेदुङका कार्य समितिका पदाधिकारीहरू,किराँत राई यायोख्या मकाउको तर्फबाट नवीन राई,किराँत चुम्लुङ याक्थुमका अध्यक्ष अनामिका लिम्वु लगाएत मकाउमा कार्यरत रहेका नेपाली दाजुभाई तथा दिदिबहिनीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा संघ संस्थाका प्रतिनिधिहरूले मन्तब्य राख्ने क्रममा नेपाली बिदेशीनुको पीडा र बिदेशमा दिवंगत हुँदाको अबस्था साथै नेपालको राजनिति अस्थिरताका कारण नेपालीहरू बिदेश पलाएन हुनु पर्ने बाध्यताका बारेमा चर्चा परिचर्चा गरेका थिए।सबैले दिवंगत आत्माको चीर शान्तिको कामना र मृतकका परिवारहरूलाई भगबानले धैर्य धारण गर्ने शक्ति प्रदान गरून भन्दै कामना गर्नु भएको थियो। अन्त्यमा मकाउ नेपाली समाजका अध्यक्ष दोर्जे तमाङले मकाउमा रहेका नेपालीहरूका हक हितका लागि मकाउ नेपाली समाज स्थापना भएको र “मकाउ नेपाली समाज”ले मकाउमा रहेका नेपालीहरूको सुख दुखमा साथ दिनुको साथै मकाउमा रहेका सबै संघ संस्थाहरूसंग सहकार्य गरी अगाडी बढ्ने छौ भनी मन्तब्य राख्नु भएको थियो।kabul

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख ३१, २०८१