गुडिरहेको बस आइतबार दुर्घटनाग्रस्त हुँदा कम्तिमा ३५ जनाको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ असार २०७३, सोमबार १४:००

downloadचीन । चीनको मध्यभागमा स्थित हुनान प्रान्तको इझाङ इलाकामा राजमार्गमा तीव्र गतिमा गुडिरहेको बस आइतबार दुर्घटनाग्रस्त हुँदा कम्तिमा ३५ जनाको मृत्यु भएको छ भने बसमा यात्रारत ११ जना चिनियाँ नागरिक घाइते भएका यहाँको राज्य सञ्चालित समाचार संस्था सिन्ह्वा न्यूज एजेन्सीले बताएको छ ।
तीव्र रुपमा गुडिरहेको गाडी सडक छेउको सिमेन्टबाट निर्मित पर्खालमा ठोक्किदा बसबाट निस्किएको इन्धनमा आगलागी भएको र अधिकांश मानिसले बसभित्रै जलेर ज्यान गुमाएका उक्त बसमा यात्रारत एक घाइतेले बताए ।
हुवाङ नाम बताउने उनले आफू बसमा राखिएको अग्निनियन्त्रक यन्त्रद्वारा बसको झ्याल फुटाइ बाहिर निस्कन सफल भएको बताएका छन् । मृतकमध्ये दुई जना नाबालक रहेका र घाइते ११ जना मध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । बस र चालक प्रहरी नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि अनुसन्धान सुरु गरिएको बताइएको छ ।

विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० को तथ्याङ्क अनुसार चीनमा हरेक वर्ष दुई लाख ५० हजार मानिसले सडक दुर्घटनाका कारण ज्यान गुमाउने गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख ३०, २०८१