विमानस्थल अवरुद्ध हुँदा त्यहाँ दुई सय भन्दा बढी पर्यटक रोकिए

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ असार २०७३, सोमबार १३:५६

पर्यटक रोकिएसोलुखुम्बु, १३  असार । लगातार १२ दिनदेखि लागेको बाक्लो हुस्सु तथा वर्षाका कारण तेन्जिङ हिलारी विमानस्थल अवरुद्ध हुँदा त्यहाँ दुई सय भन्दा बढी पर्यटक रोकिएका छन् ।
सगरमाथा क्षेत्रको भ्रमण सकेर काठमाडाँैं फर्कन लागेका ती पर्यटक विमानस्थलमा विमान आउने आशा गर्दा गर्दै रोकिएका हुन् । लुक्लाका पर्यटन व्यवसायी आङनुर्बु शेर्पाका अनुसार कतिपय पर्यटक आफ्नो देश फर्कने हवाइजहाजको टिकट बुकिङ गरिसकेका कारण समस्या भएको बताउँछन् । कतिपयलाई खर्चको समेत अभाव भएको छ ।
यही असार १ गतेदेखि बाक्लो हुस्सु लागेका कारण विमानस्थल अवरुद्ध भइरहेकाले कतिपय पर्यटक भने लुक्लाबाट तीन दिनको पैदल यात्रा गरी सल्लेरीबाट बस मार्फत काठमाडौँं फर्कन हिँडेका पथ प्रदर्शक रोजन मगरले बताउनुभयो ।

बाक्लो हुस्सुका कारण सदरमुकामस्थित फाप्लु विमानस्थल पनि असार १ गतेदेखि अवरुद्ध भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१