मेसीद्वारा अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ असार २०७३, सोमबार १२:२२

काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् ।अर्जेन्टिनाको टिमका कप्तान मेसीले सोमबार बिहान कोपा अमेरिका फुटबलको फाइनलमा चेलीसँग पराजित भए लगत्तै अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।

messi

मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिनी टोलीले सन् २०१४ को ब्राजिल विश्वकपको फाइनलमा जर्मनीसँग र गत बर्षको कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित भएको थियो । त्यसअघि सन् २००७ को कोपा अमेरिकामा पनि अर्जेन्टिना फाइनलमै पराजित भएको थियो ।

मेसीले पेनाल्टीमा गोल गर्न चुकेपछि अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । सोमबार बिहान भएको कोपा अमेरिकाको फाइनलमा पेनाल्टी सुट आउटमा चिलीले अर्जेन्टिनालाई ४-२ ले पछि पार्दै लगातार दोस्रो पटक उपाधि हात पारेको हो । यस लगत्तै मेसीको यस्तो घोषणा गरेका हुन् ।

यद्यपी उनले अर्जेन्टिनी फुटबल संघले आग्रह गरेको खण्डमा निर्णय परिवर्तन गर्न सक्ने संभावना कायमै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अर्जेन्टिनाका लागि राष्ट्रिय टिमबाट खेल्दा मेसीले सन् २००८ मा बेइजिङमा सम्पन्न ओलम्पिक्समा स्वर्ण पदक दिलाएका थिए । यसैलाई मेसीको सबैभन्दा ठूलो उपलब्धी मानिएको छ । सन् २०१४ को विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिना जर्मनीसँग १०ले पराजित भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१