काठमाडौं १३ असार –विभिन्न सेवाग्राही क्षेत्रमा नक्कली प्रमाणपत्रको बिगबिगी भइरहेको अवस्थामा संविधान र कानुनको व्याख्या गर्नका लागि सहयोग पुर्याउने कानुन व्यववसायीहरुको पनि प्रमाणपत्र छानविन गर्ने नेपाल बार काउन्सिलले निर्णय गरेको छ ।
महान्यायाधिवक्ता हरि फुयाँलको अध्यक्षतामा केही दिनअघि बसेको बार काउन्सिलको बैठकलेसम्पूर्ण कानुन व्यवसायीहरुको प्रमाणपत्र छानविन गर्ने निर्णय गरेको सम्बद्ध स्रोतले बताएको हो ।
बार काउन्सिलले सम्पूर्ण कानुन व्यवसायीहरुको एसएलसीदेखिकै प्रमाणपत्र छानविन गर्न लागेको हो । त्यसका लागि आफ्नो आफ्नो सदस्यको प्रमाणपत्र जम्मा गरी संगठन पठाउन बार काउन्सिलले अनुरोध गर्ने भएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया