धुर्मुस सुन्तलीलाई तिलगंगा आँखा प्रतिष्ठानको १५ लाख सहयोग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ असार २०७३, आईतवार १२:४३

काठमाडौँ  १२ असार । गिरान्चौर एकिकृत बस्ती निर्माणमा जुटेका हाँस्यकलाकार धुर्मुस सुन्तलीलाई तिलगंगा आँखा प्रतिष्ठानले १५ लाख रुपैँया सहयोग गरेको छ । २४ औँ वार्षिकोत्सवको अवसरमा प्रतिष्ठानले बस्ती निर्माणका लागि उक्त रकम सहयोग गरेको हो । भूकम्पपश्चात शुभचिन्तकहरुबाट प्रतिष्ठानलाई प्राप्त सहयोग बस्ती निर्माणका लागिधुर्मुस सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गरेको कार्यकारी निर्देशक डा. सन्दुक रुइतले बताउनुभएको छ । Tilganga-Help-Dhurmus-Suntalअष्ट्रेलीयाका बबीहलोवास लगायतथुप्रै शुभचिन्तकहरुबाट सो रकम प्रतिष्ठानलाई प्राप्तभएको थियो । धुर्मुस सुन्तली फाउण्डेशनका संस्थापक सल्लाहकार मदनकृष्ण श्रेष्ठ, हरिवंशआचार्य एवं गिरान्चौर एकिकृत बस्ती निर्माण परियोजनाका सल्लाहकार डा. गोविन्द पोख्रेलले फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) लाई संयुक्त रुपमा चेक हस्तान्तरण गरेका छन् । डा. गोविन्दपोख्रेल र वरिष्ठ हाँस्यकलाकार हरिवंशआचार्य प्रतिष्ठानको वोर्ड सदस्य हुनुहुन्छ भने मदनकृष्ण श्रेष्ठ वोर्ड सल्लाहकार हुनुहुन्छ । प्रतिष्ठानबाट प्राप्तउक्त सहयोगप्रतिआभार व्यक्तगर्दै फाउण्डेशनकाअध्यक्ष कट्टेलले एउटा अस्पतालकोतर्फबाट भएको उक्त सहयोगले निकै उर्जा मिलेको बताएका छन् । प्रतिष्ठानको उक्त सहयोगसँगै ४ करोड ९६ लाखअनुमानीतलागत रहेको गिरान्चौर एकिकृत बस्ती निर्माण परियोजनाकालागि फाउण्डेशनमा ३ करोड सहयोग जुटेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१