अनलाइन निर्देशिका खारेज गर्न नोजाको सरकारसंग माग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ असार २०७३, आईतवार ११:३६

noja 1 काठमाडौं ,१२ असार । राष्ट्रिय अनलाइन पत्रकार संघले सरकारले हालै जारी गरेको अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका खारेज गर्न माग गरेको छ। नेपालको संविधान २०७२ ले ग्यारेन्टी गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका प्रावधान विपरीत सञ्चार माध्यम नै बन्द गर्न सक्ने, सञ्चार मन्त्रालय अन्तर्गतका प्रशासनिक निकायले सम्पादकीय र सूचना सम्प्रेषणको प्रकृयामा हस्तक्षेप गर्न सक्ने व्यवस्था आपत्तिजनक रहेको संघले जनाएको छ।

राष्ट्रिय अनलाइन पत्रकार संघका  अध्यक्ष मुकुन्द ढुंगानाले हाल  जारी भएको निर्देशिकाले सिंगो प्रेस जगतको अवमूल्यन गरेको उल्लेख गर्नुभएको छ। कान्छो पत्रकारिताको  रुपमा सबैको लोकप्रिय बन्न सफल अनलाईनको निर्देशिका जारि गरि सरकारले अनलाइन संचालकहरु संग समेत सहकार्य नगरी आफु खुसि  यस्तो निर्णय गरिनु गलत भएकोले सरकारले सच्याउनुपर्नेमा ढुंगानाले जोड दिनुभयो ।noja   यस्तो निर्देशिकाले यो क्षेत्रको स्वच्छ विकासलाई कुण्ठित गर्ने प्रस्ट देखिएको समेत संघको भनाइ रहेको छ। संघले समयमानै पुनर्विचार गरि निर्देशिका तत्काल खारेज गर्न सरकारसँग जोडदार माग गरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१