एक बर्षमा ३ सय ५७ जनामा डेङ्गु देखियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ असार २०७१, बिहीबार ११:३५

चितवन,१९ असार । चितवनमा पानी परेसँगै डेङ्गुको सङ्क्रमण पनि बढेको छ । विसं २०७१ वैशाखमा दुईजनामा देखिएको डेङ्गुको सङ्क्रमण जेठमा १४ जनामा देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक निरीक्षक राम केसीले जानकारी दिए ।

यो असारमा पनि सङ्क्रमण देखिएको तर सबै क्षेत्रको तथ्याङ्क आइनसकेको उहाँले बताउनुभयो । डेङ्गुको सङ्क्रमण बढेपछि जनस्वास्थ्यले यही असारको २४ गतेबाट तीन दिन जिल्लाका दुई नगरपालिकामा घरघरमै पुगेर डेङ्गु सार्ने लामखुट्टे नष्ट गर्ने अभियान सुरु गर्न लागेको केसीले बताए ।
चितवनमा गएको साउनबाट जेठसम्म ३५७ जनामा डेङ्गु रोग लागेको पाइएको छ । जसमा ६४ प्रतिशत पुरुष छन् । माघ, फागुन र चैतमा सङ्क्रमण शून्य रहे पनि पानी परेसँगै सङ्क्रमण फैलिएकाले घरवरपर साना(ठूला भाँडामा पानी जमेको भए फाल्न र सफा राख्न जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख केहर सिंह गोदारले सबैमा आग्रह गर्नुभएको छ ।
डेङ्गु सार्ने लामखुट्टेले यस्तै जमेको पानीमा फूल पार्ने र बच्चा हुर्काउने भएकाले सचेत हुन चिकित्सकले आग्रह गरेका छन् । विसं २०६७ र ६८ मा यहाँ डेङ्गुको महामारी भएको थियो । उक्त समयमा ७३९ जनामा सङ्क्रमण भएको थियो । तीमध्ये पाँचजनाको मृत्युसमेत भएको थियो । यस्तै विसं ०६ ८र ६९ मा ६८ र विसं २०६९ र ७० मा ५२ जनालाई डेङ्गु लागेको थियो तर अहिले २०७०र७१ मा भने सङ्क्रमण फेरि सङ्क्रमण बढेर असारको रिपोर्ट नआउँदै ३५७ पुगेको छ ।
जनस्वास्थ्य कार्यालयले डेङ्गु सार्ने लामखुट्टे र उसको लार्भा तथा प्युपा खोजेर नष्ट गर्न अहिले यहाँ महिला स्वयम्सेवीलाई प्रशिक्षण दिन थालिएको छ । भरतपुर र रत्ननगर नगरपालिकाका ३५० स्वयम्सेवकलाई प्रशिक्षण दिएर अभियानमा खटाउने तयारी गरेको जनाएको छ । एडिस एजेप्टाई नामको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा डेङ्गु लाग्ने गर्दछ ।

प्रतिक्रिया