नाई नभन्नु ल ३ पनि बन्ने भयो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ असार २०७१, बिहीबार ११:२९

काठमाडौँ ।   ‘चलचित्र नाई नभन्नु ल २’ को चर्चा कम हुन नपाउँदै सोही टीमले ‘नाई नभन्नु ल ३’ को निर्माण गर्ने भएको छ ।  बालकलाकार अनुभव रेग्मीको जन्मदिनको अवसर पारेर सो चलचित्रको लागि  तयार पारिएको पाँच गीतहरू सार्वजनिक गरिएको थियो ।  

नाई नभन्नु ल ३ मा पनि वसन्त सापकोटाको सङ्गीत रहनेछ ।   गीतको शब्द भने विकास आचार्य, वसन्त सापकोटा, एकनारायण भण्डारी, स्वप्निल बराल र कृष्णहरि बरालको छ ।  गायनमा भने राजेश पायल राई, रजिना रिमाल र प्रेम परियारकै स्वर रहनेछ  ।  ‘नाई नभन्नु ल ३’मा पनि अनुभव रेग्मीको मुख्य भूमिका र सुरज सिंह ठकुरीको भूमिका लगभग पक्का भइसकेको निर्माण पक्षले जनाएको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१