युरोपियन युनियनबाट बाहिरिने भयो ब्रिटेन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० असार २०७३, शुक्रबार १२:५०

काठमाडौं । ब्रिटेन युरोपीय युनियन (ईयू)बाट बाहिरिने पक्का भएको छ ।बिहिबार गरिएको ऐतिहासिक जनमतसंग्रहमा छाड्नुपर्छ भन्नेहरुले ५२ प्रतिशत मत हासिल गर्दै ४३ वर्ष पछि युनियनबाट अलग हुने भएको हो । इंग्ल्याण्ड, वेल्स र मिडल्याड्सका अधिकांश मतदाताले युरोपीय संघबाट अलग हुने पक्षमा मत दिएका छन् । लण्डन, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डका अधिकांश मतदाता भने ईयूमा रहने पक्षमा देखिए ।

eu

मतपरिणामअनुसार अधिकतम अर्थात ५१ प्रतिशत जनताले ‘बाहिरिने’ यानकि ब्रिटेन ईयुको सदस्य नरहने पक्षमा मतदान गरेपछि विश्वभर सेयर बजारमा उथलपुथल आएको छ भने तेलको मूल्यमा पनि भारी गिरावट आएको छ ।

ब्रिटेनमा कुनै पनि चुनवमा यति धेरै जनताले भाग लिएको यो पहिलो पटक हो । राजधानी लण्डनसहित दक्षिण-पूर्व ब्रिटेनका कयौं इलाकामा खराब मौसमका बाबजुत उत्साहित हुँदै मानिसहरु मतदानमा सहभागी थिए ।

करिब ७१.८ प्रतिशतले मतदानमा भाग लिएका थिए जसमा ३ करोडभन्दा बढीले मतदालन गरेका थिए । सन् १९९२ को मतदानपछिको सबैभन्दा बढी उपस्थिति हो ।

युरोपीय संघ, जसलाई ईयू भनिन्छ, २८ युरोपीय देशको आर्थिक एवं राजनीतिक साझेदारी छ । द्वीतीय विश्वयुद्धपछि आर्थिक सहयोग बढाउन संघ निर्माण भएको थियो । यसको उद्देश्य एकसाथ व्यापार गरिरहेका देश एकअर्काविरुद्ध युद्ध गर्नबाट बचाउनु पनि थियो । त्यसबेलादेखि ईयु अहिलेसम्म एक बजारका रुपमा विकास भएको छ ।

युरोपेली युनियनको गठनपछि संगठन छाड्ने बेलायत पहिलो राष्ट्र बन्नेछ । तर, जनमतसंग्रह हुने बित्तिकै बेलायतले युनियन छाड्ने भन्ने होइन ।

यो प्रक्रिया पूरा हुन कम्तिमा २ वर्ष लाग्नेछ ।सन् २०१५ सम्मको आँकडा अनुसार युरोपियन युनियनको जनसंख्या ५० करोड भन्दा धेरै रहेको छ ।

युरोपियन युनियनमा रहेका सबै देशको एउटै मुद्रा प्रचलनमा रहेको छ । ईयुमा सामेल भएका २८ वटा देशका नागरिक ती कुनै पनि देशमा बस्न सक्नेछन् । साथै व्यापार (फ्री ट्रेड) पनि गर्ने हैसियत राख्छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख ३१, २०८१