नेपाल परिवार दलको दोश्रो राष्ट्रिय महाधिबेशन असार २१ र २२ मा काठमाडौँमा हुने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० असार २०७३, शुक्रबार ०८:१३
 pariwar dalकाठमाडौं, ८ असार । व्यबस्थापिका संसदमा २ सिट प्रतिनिधित्व रहेको नेपाल परिवार दलले यहि असार २१-२२ मा काठमाडौँमा आफ्नो दोश्रो राष्ट्रिय महाधिबेशन गर्ने भएको छ । अध्यक्ष एकनाथ ढकालले महाधिबेशनमा देशभरी बाट करिब १२०० प्रतिनिधि तथा पर्यभेक्षकहरुले भागलिने बताउनु भयो । त्यसै गरि विभिन्न मित्र राष्ट्रबाट पनि सुभकामना दिन अन्तरास्ट्रिय प्रतिनिधि हरुलाई निमन्त्रणा गरियको छ भने बिदेशमा रहेका सुभेच्छुक सस्थाहरुबाट पनि प्रतिनिधि रहने ब्यबस्था मिलायको छ । परिवार दलले यहि असार १५ गते भित्रमा ७५ वटै जिल्लाको अधिबेशन र ७ वटै प्रदेशको भेला सम्पन्न गर्ने पनि बतायको छ । महाधिबेशनलाइ सफल बनाउन विभिन्न १७ समिति गठन गरिएको छ । २ दिन सम्म चल्ले महाधिबेशनको खर्च अन्दाजी ३० लाख लाग्ने अनुमान परिवार दलको छ । उक्त खर्चको ब्यबस्थापन महाधिबेशन प्रतिनिधिको दर्ता शुल्क, पार्टीको केन्द्रिय तथा प्रादेशिक पदाधिकारी तथा सदस्यहरु बाट गच्छे अनुसारको सहयोग र अन्य सुभेच्छुकहरुबाट सहयोग मागी जुटाउने योजना रहेको महामन्त्री बिनोद डाँगीले बताउनु भयो । २०६४ सालमा पहिलो संबिधान सभाको निर्बाचन भन्दा केहि महिना अघि नेपाल परिवार दलको स्थापना भएको थियो भने पार्टीको पहिलो महाधिबेशन २०६७ सालमा सम्पन्न भयको थियो । पार्टीले बैकल्पिक लोकतान्त्रिक शक्ति बन्ने प्रयाश गरिरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१