हजार मुर्खको बल भन्दा एक बिद्द्वानको बुद्धि बलियो हुन्छ: शान्ति मन्त्रि ढकाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० असार २०७३, शुक्रबार ०६:५८

dhakalकाठमाडौं । शान्ति तथा पुनर्निर्माण मन्त्रि एकनाथ ढकालले शक्ति, सम्पति र मुढेबलले समाजमा सकारात्मक परिबर्तन ल्याउन सकिदैन भन्दै हजार मुर्खको बल भन्दा एक साधुको बुद्धि बलियो हुने बताउनु भयको छ । आचार्य श्री तुलसीको २० औ महाप्रयाण दिबसको उपलक्षमा भगवान महाबीर जैन निकेतनमा आयोजित बिशेष प्रबचन कार्यक्रममा बोल्दै मन्त्रि ढकालले बन्दुक र तरबार भन्दा कलम धेरै बलियो छ भन्ने तथ्य सबैलाई महसुश गराउन सके शान्ति स्थापनामा योगदान हुने बताय । उहाँले समाजमा असल भाबना र मूल्यमान्यताको ह्राश हुदै गयकोमा चिन्ता ब्यक्त गर्दै नैतिक आन्दोलन बलियो बनाउन अध्यात्मिक संघ संस्था हरुको भूमिका अहम हुने उल्लेख गर्नु भयो । नेपाल परिवार दलका अध्यक्ष समेत रहेका ढकालले सरकार देश भित्रका सबै धार्मिक समुदायको हक अधिकार प्रति सचेत रहेको बताय । उहाले जैन समुदायले अनुशासित, मर्यादित र उच्च आदर्शको पालना गरेकोमा प्रसंशा समेत गर्नु भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१