धुर्मुस सुन्तलीलाई बेलायतबाट बले र कक्रोजको कोसेली

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ असार २०७३, बिहीबार १५:५५

धुर्मुस सुन्तलीलाई हाँस्य टेलिश्रृंखला भद्रगोलका सागर लम्साल (बले) र हरिश निरौला (कक्रोज) ले कोसेली स्वरुपआर्थिक सहयोग संकलन गरेर ल्याइदिएका छन् । बेलायतको विभिन्न ठाउँमा भएको बबाल धमाका कार्यक्रम गर्न गएका उनीहरुले कार्यक्रम स्थलबाट गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि ३ लाख १८ हजार ८ सय ४४ रुपैँया संकलन गरेर कोसेली स्वरुप ल्याइ दिएकाहुन् ।13522428_1342002889147840_682178116_n सपन इन्टरटेन्मेन्टले आयोजना गरेको कार्यक्रममा उपस्थित दर्शक सामु सहयोगका लागिअपिल गरेर उक्त सहयोग जुटाइएको उनीहरुले बताएका छन् । कार्यक्रम सकेर स्वदेश फर्कने बित्तिकै उनीहरुले उक्त सहयोग रकम धुर्मुस सुन्तलीलाई हस्तान्तरण गरेका छन् । अल्डरसटमा भएको कार्यक्रममा ६ सय ५० युरो, निरमाया दोहोरी साँझबाट ५४ युरो, फोल्क स्टोनबाट ५४ युरो, ह्यारोबाट १ सय ५ युरो, ह्यारो बोनटोकबाट कमला र खमिर जंग गुरुङ्गले ६ सय ५ युरो र पल्मस्टिडबाट १ सय ५० युरो गरी जम्मा २ हजार १८ युरो सहयोग संकलनभएको थियो । भोली नै १८ दिनकालागि अष्ट्रेलीयाजाने तयारीमा रहेकाजीग्री, पाँडे, बले र कक्रोजले त्यहाँका विभिन्न कार्यक्रमबाट पनिगिरान्चौर एकिकृत बस्ती निर्माणका लागि सहयोग संकलनगर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१