‘गुण्डा नाइके’ जसवन्त राइ पक्राऊ,भाग्न खोज्दा प्रहरीले २ राउण्ड गोली चलायो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ असार २०७३, बिहीबार १४:१५

काठमाडौं । प्रहरीले ‘गुण्डा नाइके’ जसवन्त राइ  भन्ने पूर्ण राईलाई गोली हानेर पक्राउ गरेको छ ।

बिहिबार दिउँसो महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले एक अभियुक्त प्रकाउ गर्न गोली प्रहार गरेको हो । एक दर्जनभन्दा बढी डाका मुद्दामा फरार रहेका जसवन्त राईलाई नियन्त्रणमा लिनका लागी प्रहरीले गोली चलाउनु परेको हो ।

गुण्डा नाइके जसवन्त पक्राउ
गुण्डा नाइके जसवन्त पक्राउ

महानगरीय प्रहरीको अपराध महाशाखाले उनलाई बिहीबार दिउँसो विजुलीबजारबाट पक्राउ गरेको हो । पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको थियो । उनको खुट्टामा दुई राउण्ड गोली लागेको छ । र, अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।

राईले प्रहरीलाई देख्नासाथ भागेका थिए । प्रहरीले उनलाई पछ्याउँदै आत्मसमर्पणका लागी चेतावनी समेत दिएको थियो । प्रहरीले चलाएको गोली राईको घुँडामा लागेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१