बैतडी । बैतडीको रुद्रेश्वरमा पहिरोसँगै माथिबाट खसेको ढुङ्गा लागेर बुधबार साँझ एकजनाको ज्यान गएको छ । ज्यान जानेमा बैतडी रुद्रेश्वर–७ पन्सेराका ५० वर्षीय जने ओड रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए।
चमेलिया नदीमा तटबन्धको काम गरिरहेका बेला एक्कासि माथिबाट पहिरोसँगै खसेको ढुङ्गाले लागेर ओडको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । मृतकको शव गोकुलेश्वर स्वास्थ्यचौकीमा राखिएको छ ।
प्रतिक्रिया