पहिलो पटक व्यवसायिक फोटो खिच्दा हलिउड अभिनेत्री १५ वर्षकी थिइन्। उनको पहिलो व्यवसायिक फोटोसुट लस एन्जल्समा ह्यारी ल्याङ्डनले खिचेका थिए। चर्चित अभिनेता पिता जोन भोगोइटकी छोरी भएपनि त्यतिबेला उनलाई मानिसहरूले खासै चिन्दैन्थे।
जर्ज कोलोनी, हेली बेरी तथा सोफिया लोरेन जस्ता हलिउड स्टारको फोटोसुट गरेका ल्याङ्डनलाई जोलीका पिताले फोटो खिच्न बोलाएका थिए। उनी चर्चित अभिनेताले फोटोका लागि बोलाएको ठानेर फोटो खिच्न गएका थिए। तर त्यहाँ पुगेपछि उनी जोन भोगोइटको सट्टामा जोलीको फोटो खिच्न बोलाइएको थाहा पाएपछि सुरूमा अचम्मित भएका थिए।
जोलीको फोटो खिच्दा उनले जोलीलाई एउटा आत्मविश्वास भएकी युवतीका रूपमा पाए। उनी त्यो क्षणलाई यसरी सम्झन्छन्।
‘जोलीलाई त्यतिबेलै उनी के गर्दैछिन र के गर्ने हो भन्ने बारेमा परिचित थिइन्। त्यतिबेला मेरो छैटिय इन्द्रियले कुन पोजले काम गर्छ भन्ने कल्पना गर्द्थ्यो र जोली पनि ठ्याक्कै त्यस्तै नै पोज दिन्थिन्।’
फोटो सन् १९९१ को जनवरी १५ का दिन करिब २ घण्टा चलेको थियो। उनले फोटो खिचेको पैसा लिएनन्।
‘त्यो एउटा ट्रायल जस्तो थियो जून कुनैदिन मूल्यवान हुनेछ भन्ने लागेको थियो’, उनले त्यो पल फेरि सम्झे।
जोलीको करियरले उनले फोटो खिचेको केहि वर्षपछि सन् २००० मा ‘गर्ल इन्टरप्टेट’का लागि ‘वेस्ट सपोटिङ् एक्ट्रेस’का लागि ओस्कार जितेपछि लिएको थियो।
प्रतिक्रिया