नुवाकोटमा वालश्रम विरुद्ध स्टिकर अभियान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ असार २०७३, बुधबार १५:५२

balbalikaनुवाकोट । भुकम्प पछिको पुननिर्माणको काममा वालवालिकाको प्रयोग हुन सक्ने सम्भावनालाई दृष्टिगत गर्दे नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटले जनचेतनामुलक स्टिकर अभियान सुरु गरेको छ । अभियानको नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले मंगलवार सदरमुकाम विदुरमा आयोजित कार्यक्रममा शुभारम्भ गरे । ट्रेड युनियनले सार्वजनिक गरेको स्टिकरमा भुकम्पपछिको पुननिर्माणमा वालवालिकाको प्रयोग गर्न नपाइृने जिल्ला दैवीप्रकोप उद्धार समितिको निर्णय उल्लेख गर्दे वालवालिकालाई श्रममा लगाउनु काननत ः अपराध भएको उल्लेख छ । गत वर्षदेखि नुवाकोट जिल्लालाई वालश्रम रहित वनाउने उद्धेश्यका साथ क्रियाशिल नेपाल ट्रेड युनियन काँग्रेसले सरकारी कार्यालय,व्यापारिक प्रतिष्ठान,सार्वजनीक र नीजि सवारी,बिद्यालय,कलेज र सार्वजनिक महत्वका स्थानहरुमा जनचेतनामुलक स्टिकर टाँसेर वालश्रम न्यूनीकरणमा क्रियाशिल रहने लक्ष्य लिएको अध्यक्ष शिव देवकोटाले जानकारी दिए । स्टिकर अभियान शुभारम्भ समारोहमा काँग्रेस केन्द्रीय सदस्य केसीले वालश्रम न्यूनिकरण र उन्मुलनका लागि सबैको प्रतिवद्धता आवश्यक रहेको वताउँदै जनचेतनाका लागि स्टिकर अभियान सार्थक सावित हुने विश्वास व्यक्त गरे ।केसीले वालश्रम न्यूनिकरणको कार्यमा आफ्नो पूर्ण सहयोग र समर्थन रहने प्रतिवद्धता समेत जनाए । कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका राष्ट्रिय अध्यक्ष खिलानाथ दहालले ट्रेड युनियन वालश्रम उन्मूलनको पक्षमा रहेको वताउँदै भएका कानुनहरुको कार्यान्वयनका पक्षका दृढताका साथ उभिदै हरेक व्यक्तिमा वालश्रम अपराध हो भन्ने भावना जागृत गराउन स्टिकर अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका सभापति एवं व्यवस्थापिका संसद सदस्य जगदीश्वरनरसिंह केसीले नुवाकोट काँग्रेसका सबै संरचनालाई वालश्रमका विरुद्धमा क्रिायशिल गराईने प्रतिवद्धता जनाए । नेपाल ट्रेड युनियन काँग्रेस वागमती क्षेत्रीय समितिको संयोजनमा भएको कार्यक्रममा ट्रेड युनियनका उपाध्यक्ष गणेश निरौला,महिला उपाध्यक्ष रमा पौडेल,महासचिव महेन्द्रप्रसाद यादव,उप–महासचिव आशाशिंह राठौर,कोषाध्यक्ष योगेन्द्रकुमार कुँवर,केन्द्रीय सदस्यहरु डि.पी.अर्याल,प्रतिमा शाह,राधिका कुईंकेल,वागमति क्षेत्रीय अध्यक्ष विनोद कार्की लगायतले नुवाकोटलाई वालश्रम रहित जिल्ला वनाउने अभियानको सफलताको शुभकामना व्यक्त गर्दे अभियानलाई स्थानीय स्तर सम्म पु¥याउनुपर्नेमा जोड दिएका थिए । यस्तै कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्ीय अध्यक्ष वद्री सिग्देल,ईम्व्रोईडरी,हस्तकला तथा सिलाई श्रमिक संघका अध्यक्ष तेजप्रसाद रिजाल,नेपाल व्युटिसियन संघकी अध्यक्ष भगवती खड्का,यातायात मजदुर संघका महासचिव धर्मराज भण्डारी,निर्माण सम्वद्ध श्रमिक संघका महासचिव प्रदीप आचार्य,शिक्षक संघकी केन्द्रीय सदस्य नीलम उप्रेती,शिक्षक संघ नुवाकोटका अध्यक्ष रामबहादुर थापा,नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की,ट्रेड युनियनका वागमति क्षेत्रीय सचिव राजेश हुमागाईले अभियानको सशक्ततामा आ–आफ्नो क्षेत्रवाट सहयोगी वन्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा ट्रेड युनियनको वागमती क्षेत्रको साँगठनिक अवस्था,आवद्ध संघहरुसंगको समन्वयको अवस्था,भुकम्प पछिको प्रभाव लगायतका वारेमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१