गर्भवती हुँदा के खाने, के नखाने ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ असार २०७३, बुधबार ०७:१३

गर्भावस्थामा महिलाहरुले कुन खानेकुरा खान मिल्छ र कुन खानेकुरा खाँदा आमा र बच्चाको जिउलाई हानी पुग्छ रु भन्ने विषयमा विश्वभरी नै विभिन्न खाले मान्यता रहेका छन् । वैज्ञानिक तथा चिकित्सकहरुले पनि यो विषयलामा धेरै नै खोज निकालेका छन् र अझै निकाल्ने क्रममा छन् । देश अनुसार, समुदाय अनुसार मानिसका सोचाइ तथा मान्यता फरक हुने नै भए ।
दक्षिण कोरियामा गर्भवती महिलालाई समुद्री झारको सुप खुवाइन्छ । दक्षिण अफ्रिकामा गर्भवती महिलालाई इसिलाम्बेजो नामको हर्बल जडीबुटी खुवाइन्छ जसमा जनावरको पिसाबदेखि विभिन्न झारपातको धुलो समेत राखिन्छ । इरानमा अनारको जुसलाई निकै हितकर भनेर गर्भवतीलाई खुवाइन्छ भने सेनेगलमा हड्डीको मासी ।
कतिपय खानेकुराहरु भने खानै नहुने भनि गर्भवतीलाई निषेध गरिन्छ । तथापि त्यस्तो निषेधको वैज्ञानिक अर्थ भने नहुन सक्छ ।
गर्भवती महिलाका लागि माछा सबैभन्दा उपयुक्त भनेर खुबै खुवाइन्छ, तर माछाको सेवन धेरै गर्नाले त्यसमा हुने पारो धातुको उच्च मात्राले असर गर्नेतर्फ ध्यान पूराइँदैन । बदाम गर्भवती महिलाका लागि खासै राम्रो नहुने मान्यता छ तर गर्भवती महिलाले प्रसस्त बदाम खाँदा गर्भको बच्चालाई फाइदा पुग्छ र उसमा एलर्जी हुने खतरा कम हुन्छ ।
खानेकुरा देखी अन्य कुराहरुमा पनि विभिन्न अन्धविश्वास विश्वभरी नै छन् । अन्य भन्दा पनि सबैभन्दा बढी महत्व खानेकुराले नै राख्ने गरेकाले महिला आफैँ र उनको परिवारले खानपानमा ध्यान पु¥याउनु पर्दछ । विज्ञहरुका अनुसार गर्भावस्थामा महिलाहरुले खान हुने कुराहरु स्
– गर्भवती अवस्थामा प्रसस्त पानी खानु पर्दछ जसले आमा र बच्चा दुबैको शरीरमा पानीको मात्रा पुग्दछ र अक्सिजनको मात्रा पनि सन्तुलनमा राख्दछ ।
– प्रसस्त फलफूल तथा तरकारी खानुपर्छ, आफ्नो सम्पूर्ण खानेकुराको कम्तिमा पनि पाँच भागमा एक भाग तरकारी तथा फलफूल हुनैपर्छ ।
– माछा, मासु, अण्डा, बदाम तथा गेडागुडी जस्ता प्रोटिनयुक्त खानेकुराको साथै दुध तथा दहीजस्ता क्याल्सियमयुक्त खानेकुरा पनि पर्याप्त खानुपर्छ ।
गर्भावस्थामा महिलाहरुले खान नहुने कुराहरु स्
– रक्सीयुक्त पेयपदार्थ, सुर्ती, चुरोट आदीले बच्चाको स्वास्थलाई हानि गर्दछ ।
– काँचो मासु तथा काँचो अण्डा खानु भने हानिकारक हुनसक्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१