हेर्दा हेर्दै सरीताले जाली रुमाल ल्याईन्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ असार २०७१, बुधबार १७:०२

काठमाडौँ,१८ असार । गत वर्ष नेपाली संगीतमा हेर्दा हेर्दै बोलको गीतबाट सर्वाधिक चर्चा बटुल्न सफल गायिका सरिता प्रजापति २०७१सालको सुरुवातमै अर्को डान्सिड गीत र भिडियो सम्झनालाई जाली रुमाल लिएर आएकी छिन् । झण्डै ७ वर्षदेखि गायनमा क्रियाशिलप्राय खुशी र प्रफुल्ल रहने उनी डान्सिड गायिकाका रुपमा चिनिन्छिन् । पहिलो एल्वम बाट ठिकैमात्र सफलता मिलेको भन्न रुचाउँछिनर््ै प्राय फाष्ट ट्र«याक गीत गाउन मन पराउने सरिताले यसपाली भने अहिलेका जल्दा बल्दा गीतकार गोविन्द प्रसाद उपाध्याय को शब्द र उहि संगीतकार बिक्रम थापा संगीतमा आफ्नो स्वरको जादू भरेकी छिन् । ff-491100-20140624जसको संगीतमा ए हावा, अघिल्लो वर्षको हिट गीत हेर्दा हेदै जवानीले छोएछ बोलको गीतमा संगीत भरेका छन् ।फरक खालको स्वर भएकी गायिकाले यतिखेर उतm गीतको भिडियो पनि ल्याइसकेकी छिन् । स्टेजमा प्रष्तुत हुने शैली र नाचदै अझ कता कता बेली डान्स देखाउन पछि नपर्ने सरितालाई डान्सर गायिका पनि भन्छन् । केहि समयपछि भि सी डी ल्याउने प्लान यिनको छ ।PRP_0825 (1)
वर्षा शिवाकोटी, किरण लाकौल, सुदिप सापकोटा, नीरज बम र प्रवीण आत्रेयको अभिनय रहेको छ । अहिलेका ब्यस्त क्यामेरा म्यान ज्ञानेन्द्र शर्मा ले गोदावरी र ललितपुरका विभिन्न ठाउँका सुन्दर दृष्य अनि अभिनयलाई कैद गरेका छन् । अघिल्ला भिडियो भन्दा फरक गर्ने उदेश्यले नयाँ टिमसंग काम गरेको बताउने उनको संचारकर्मी विधान कार्कीको निर्देशनमा बनेको सरीताको म्यूजिक भिडियोको जताततै चर्चा सुनिन्छ । एलबम जाली रुमाल संगसंगै अरु धेरै गीतहरु केहि महिनाभित्र ल्याउने तरखरमा छन् अब नयाँ आउने गीतहरुमा,,,जुनी जुनीलाई शब्द डा राजेन्द मान प्रधान, संगीत टंक बुढाथोकी गीतकार आस्था अबिचल मणिको एकल एलबम र हरि लम्सालको संगीत र राम गोपाल आशुतोषको शब्द रहेको ‘बालुवाका महल हरु बोल को गीत गत साता रेकडिङ सकिएको र चाडै नै भिडियो को रुप दिएर छिटै नै ल्याउदैछिन,,,, शुरुमा रहरमा सिमित उनको सांगितिक यात्रा अब बिस्तारै पेशा बन्ने क्रममा रहेको उनी स्वीकार गर्दछिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१