बुद्धचित्त माला लुटियो लुट्ने समुहका दुई जना पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ असार २०७३, मंगलवार ०७:२६

1 काठमाडौँ । आईतबार राति सिसाखानी गाविसको वडा नम्वर ३ नागबेली पुच्छरमा रहेको बुद्धचित्तको रुखमा फलेको गेडा लुट्ने नेकपा माओवादी विप्लब समुहका दुई जना तारा खसेलेकमा पक्राउ गरेको छ । दुई वटा एसएमजी र ४ वटा पेस्तोल सहित विप्लब समुहको ३२ जनाको डफ्फा गाउँ पसेको स्थानीयहरुले बताएका छन् । बोधिचित्तको खेती गर्ने किसान प्रहरी र लुटेराको दोहोरो मारमा परेका छन्। प्रतिमाला ५ हजारदेखि ५ लाखसम्म बिक्री हुने बोधिचित्त जोगाउन उनीहरू रातभरि बोटमुनि नै सुत्ने गरेका छन्। पछिल्लो समय बोधिचित्तको दाना र माला निकासीमा प्रहरीले सहयोगु गरे पनि लुटेराबाट जोगाउन किसानलाई सास्ती पर्ने गरेको छ। अहिले लुटेराको बिगबिगी छ, त्यसैले फलेको बोट कुररै रात बिताउँछौ । प्रतिमाला पाँच हजारदेखि पाँच लाखसम्ममा बिक्री हुने बोधिचित्तको बोट हेरेरै भाग खोज्नेहरू बढेपछि समयअगावै टिप्न बाध्य छन् किसान पैसाका कारण बुद्धचित्त जति आकर्षक छ, बोटमै, टिपेपछि र निकासी गर्दा जोगाउन त्यत्तिकै मुस्किल छ। हिजो प्रहरीले सास्ती दिन्थे, आज लुटेरा पछि लाग्छन्, एक किसानले दुखेसो पोखे। बुद्धचित्तको दाना र माला काठमाडौं बौद्ध र भारत बोधगयासम्म पुग्ने गरेको छ। बुद्धचित्तको मुख्य बजार भनेको बौद्ध हो ।2

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १५, २०८१