न्यूयोर्क (अमेरिका) । नेपाल सरकारले न्यूयोर्कका लागि पर्यटनदूतमा प्रदीप श्रेष्ठलाई नियुक्त गरेको छ । पर्यटन मन्त्रालयको सिफारिसमा नेपाल पर्यटन बोर्डले श्रेष्ठलाई आउँदो दुई वर्षका लागि पर्यटनदूत नियुक्त गरेको हो । होटल उडल्याण्ड काठमाण्डौका संचालक , संसार रेमिट प्रा. लि का संस्थापक अध्यक्ष तथा हाल संचालक गार्मेन्ट व्यवसायी समेत रहेका श्रेष्ठ अमेरिकामा लामो समय देखि व्यवसाय संचालन गरिरहनुभएको छ। ‘अमेरिकाबाट नेपाल जाने पर्यटक बढाउने र अमेरिकाका उत्तर पूर्बी राज्यहरुमा नेपाल संबन्धित प्रचारात्मक गतिविधि विस्तार गर्ने जिम्मेवारी नेपाल सरकारले दिएको छ,’ ।
यसअघि सानफ्रान्सिस्कोका लागि सरकारले पर्यटनदूत नियक्त गरिसकेको छ । श्रेष्ठले नेपाल पर्यटन बोर्डको लोगो प्रयोग गर्दै अमेरिकामा नेपालको पर्यटन प्रवद्र्धनको गतिविधि सञ्चालन गर्नेछन् ।
प्रतिक्रिया