इराक घटना पछि सबै भन्दा बढि १४ नेपालीको ज्यान गयो अफगानिस्तानको आत्मघाती हमलामा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ असार २०७३, सोमबार १८:४६

bomइराक घटना पछि चराई रहेको नेपालीहरूको आत्मालाई फेरी एक पटक अफगानिस्तानको घटनाले नुन चुक छर्कि दिएर दर्दनाक पीडा बनाई दिएको छ भने ८ जना नेपाली लगाएत केही अफगानीहरू पनि घाईते भएका छन।अफगानिस्तानको कावुलमा भएको आत्म घाति हमलाबाट १४ जना नेपालीको एकै पटक जीवन लीला समाप्ति गरी दिएको छ।अमेरीकी एवं अन्य दुताबासहरूको सुरक्षाका लागि खटिएका नेपाली सुरक्षाकर्मीहरूलाई नै तार्गेट गरेर ती सुरक्षाकर्मीहरूले प्रयोग गरेको मिनी बसलाई आक्रमणको निशाना बनाएर एकै बिहान झिसमिसेमा लगभग बिहानको ५:४० बजे तिर आत्मघाती आक्रमण गरेका थिए।उक्त घटनामा पर्ने नेपालीहरू सबै क्यानेडियन दुतावासका सुरक्षाका लागि खटाईएका सुरक्षाकर्मीहरू थिए।बिहानको ड्युटीका लागि लिन गएको अबस्थामा मिनी बसलाई निशाना बनाईएको थियो।यस घटनाको जिम्मेवारी तालिवानले लिई सकेको छ।उक्त घटना प्रति गहिरो दु:ख ब्यक्त गर्दै भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीले नेपालीहरूको सुरक्षाको प्रबन्ध मिलाउनु भन्दै ट्वीट गरेका छन भने त्यस लगतै नेपालका प्रधान मन्त्री केपी शर्मा ओलीले पनि ट्वीट मार्फत दु:ख ब्यक्त गरेका छन। देशको राजनिति अस्थिरता र गरीवीकै कारणले गर्दा गरी खाने ठाउँ नपाए पछि परिवारका सुखको लागि भन्दै लाखौ लाख यूवा यूवतिहरू बिदेशी रहेका छन।रोजी रोटीकै लागि जन्म भूमिलाई बिर्सिएर बिदेशी भूमिमा हातका दश नङ्ग्रा खियाउन बिबस छन।बिश्वका अधिकांश देशहरूमा नेपालीहरू कार्यरत छन।बिशेषत:सुरक्षाकर्मीको जिम्मेवारीमा नेपालीहरू गोरखालीका नामबाट परिचित भएर नै सुरक्षाकर्मीको पेशामा छन।जुन देशका सम्बेदनशील क्षेत्रहरू छन त्यस्ता स्थानहरूमा नेपालीहरूलाई सुरक्षाको जिम्मेवारी दिन्छन् त्यसको ज्वलन्त उदाहरण हो अफगानिस्तान।अफगानिस्तानको गृह यूद्धमा सरकारलाई सहयोग गर्ने भन्दै अमेरीकाले गरेको तालिवानको कार्वाहीमा धेरै अफगानीहरूले आफ्नो जीवनको आहुँति दिएका छन।यस्ता घटनाहरूमा दोषी मात्र मारिन्छन भन्ने छैन त्यस्ता कार्बाहीमा निर्दोष मानिसहरू पनि मर्छन।मकै पिस्दा संगै घुन पनि पिसिन्छन भने झै अफगानिस्तानमा पनि यस्ता घटना भएकै हो।अफगानिस्तानमा बिगत लामो समय देखि नेपालीहरूले सुरक्षाकर्मीको काम गर्दै आई रहेका छन।काबुलमा भएका अमेरीकन कम्पनीहरू र पश्चिमाहरूको दुताबासको सुरक्षामा पनि नेपालीहरूलाई नै खटाईदै आएको छ।यस्तै कुराहरूमा चित्त नबुझेर अमेरीकन पश्चिमाहरू संगको साठगाठले गर्दा नै तालिवानले नेपाली सुरक्षाकर्मीहरूलाई तार्गेट बनाए। एउटा रोजी रोटीका लागि बिदेशी भूमिमा भौतारी रहेको नेपालीहरू माथि भएको यो बज्रपातले निकै नै मर्माहित भएको छु।घटना घट्नु पर्ने थिएन तर ति आतङ्कारीको बिल्ला भिरेका तालिवानहरूले निर्दोष नेपालीहरूको जीवन नै समाप्त गरी दिए।उनीहरूको हत्या भए पश्चात पारीवारीक पीडाको त कल्पना नै गर्न सकिदैन।नेपालको अस्थिर राजनिति र बिकासका सम्पूर्ण कार्यहरू बन्द हुँदा बिकल्पको खोजीमा बिदेश भौतारीएर यस्तो मृत्यू बरण गर्दा दोषी को त ?नेपाल सरकारको नालायिक पनले गर्दा आज बिश्वका कयौ राष्ट्रहरूमा लाखौ लाख नेपाली कार्यरत छन।अफगानिस्तानको घटना तिर मात्रै केन्द्रित नहौ हामी सोचौ गल्फ कन्ट्रीहरूका बारे पनि गल्फ कन्ट्रीहरूबाट दैनिक जस्तो मानव शरिर कफिनमा प्याक भएर आएका कयौ घटनाहरू छन।त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा गएर अनुगमन गर्ने हो भने दैनिक लाशहरू आई रहेका हुन्छन।यस्ता बिषयहरूमा नेपाल सरकारको ध्यान केन्द्रित हुनु पर्ने होईन र ?कागजी योजना बनाउछन र ती योजनाहरू कागजमा नै सिमित हुन्छन।देशमा स्थिर सरकार छैन सरकार ढलाउन चलखेल गरी रहन्छन।नेतालाई देश र जनताको चिन्ता भन्दा पनि ब्यक्तिगत चिन्तामा डुबेका छन अनि काँहाबाट हुन्छ देशको बिकास।यदि देश बिकास हुने हो भने जनताहरू बिदेशीनु पर्ने थिएन। अहिले सामाजिक संजालहरूमा अफगानिस्तानको घटनाका बारेमा सबै नेपालीहरूले दु:ख ब्यक्त गरी रहेका छन।यस दुखद घडीमा मृत्यू बरण गरेका नेपाली दाजुभाईहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाईते हुनु भएका नेपाली दाजुभाईहरूको शीघ्र स्वास्थ लाभको कामना गर्दछु। कर्ण बहादुर अधिकारी मकाउ,चीन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१