अफगानिस्तानको काबुलमा आत्मघाती आक्रमण, १४ जना नेपालीको मृत्यु भएको पुष्टि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ असार २०७३, सोमबार १२:२०

aphganishthanकाठमाडौँ ।
अफगानिस्तानको काबुलमा आज बिहान भएको आत्मघाती बम बिस्फोटमा परी १४ जना नेपालीको मृत्यु भएको छ ।
घटनामा परी मृत्यु हुने सबै १४ जना नै नेपाली नागरिक रहेको अफगानिस्तानको गृह मन्त्रालयले पुष्टि गरेको छ ।
आन्तरिक मामिलासम्बन्धि मन्त्रालयका प्रवक्ता सेदिक सिद्दिकीले १४ जना मृतको पुष्टि गर्दै प्रहरीले उनीहरुको पहिचान गरिरहेको जानकारी दिए ।
नेपाली ‘सेक्युरिटी कन्ट्र्याक्टर’ ९करारका सुरक्षाकर्मी० सवार पहेँलो रंगको मिनी बसमा यो आक्रमण भएको हो ।

बनाइ जिल्लामा पर्ने घटनास्थलमा प्रहरी र एम्बुलेन्सको भीड लागेको छ ।
घटनामा परी ९ जना घाइते भएका छन् भने घाईते हुनेमा पाँच जना नेपाली रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१