गीतकार चुडामणि देवकोटाको ‘स्पन्दन’ बाहिरियो (भिडियो)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ असार २०७३, सोमबार ०९:३७

काठमाडौं । साहित्य क्षेत्रमा निकै चर्चित गीतकार चुडामणि देवकोटाको ‘स्पन्दन’ नामक आधुनिक गीति एल्बम अनामनगरको युनियन हाउसमा एक पत्रकार सम्मेलन गरि बिमोचन गरियो ।

गीतकार चुडामणिको ‘स्पन्दन’ एल्बम छैठो एल्बम हो। यो भन्दा पहिले उनका सबै एल्बमका गीतहरु देशप्रेमी थिए भने यो एल्बममा भने सबै मायाप्रेमसंग सम्बन्धित गीतहरु छन् ।

१२ वटा गीत समेटिएको यस एल्बममा वरिष्ट संगीतकार शक्ति बल्लभको संगीत रहेको छ l जसमा दिपक खरेल, निशा देवकोटा, रामकृष्ण ढकाल, जगदिश समाल, सुमित खड्का, सि.पी. लोहनी, स्वरूप आचार्य, आनन्द कार्की, यम बराल, रुबी जोशी, सपना श्री लगायतको आवाज सुन्न पाइनेछ ।

कार्यक्रममा बोल्नु हुदै वरिष्ट संगीतकार शक्ति बल्लभले भने ‘हरेक गीतका शब्दहरुले एउटा भिन्दै कथावस्तु बोकेको छ । यस्ता मार्मिक शब्दहरुको संगीत गर्न पाउनु मेरो लागि अत्यन्तै खुशीको कुरा हो । ‘ त्यस्तै वरिष्ट गायक दिपक खरेल भन्छन्, ‘सबै गीतहरु अत्यन्तै राम्रा छन् र त्यसलाई श्रोतामाझ पुर्याउने गहन जिम्मेवारी पत्रकार मित्रहरुको पनि रहनेछ ताकी फेरी पनि गीतकार चुडामणि देवकोटाको अर्को एल्बम पनि बजारमा आओस ।
अहिले निकै चर्चामा रहेको म्युजिक कम्पनि म्युजिक हाईलाईटका प्रबन्धनिर्देशक ओम प्रसाई भन्छन्, ‘अत्यन्तै मार्मिक शब्द रहेको, त्यसमा पनि नेपालका वरिष्ट गायक गायिकाहरुको आवाजमा रहेको ‘स्पन्दन’ एल्बमले सबै दर्शक श्रोताहरुको मन जित्ने कुरामा दुइमत छैन ।
https://youtu.be/E-w3dV2UwFE

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१