सुनको औंठी दाइजो नपाएको भन्दै इन्जिनियरले श्रीमतीलाई घर निकाला गरे

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ असार २०७३, सोमबार ०७:२९

काठमाडौँ ६ असार । सुनको औंठी माइतीबाट दाइजो नपाएपछि रौतहटमा एक युवतीलाई मानसिक सन्तुलन बिग्रिएको भन्दै घर निकाला गरिएको छ । विवाह भएको तीन महिना नबित्दै पोखराज जडित सुनको औंठी नल्याएको भन्दै चन्द्रपुर नगरपालिका–४ घर भएका एक इन्जिनियले श्रीमतीलाई घर निकाला गरेका हुन् ।

सुनको औठी दाइजो

भारतको बिहार राज्यकी पूर्वी चम्पारण जिल्ला छोडादान गाउँका मनोज जयसवालकी २२ वर्षीया छोरी लवलीकुमारी जयसवालको गएको माघमा रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित अजय साहका २५ वर्षीय छोरा इन्जिनियर नवीन साहसँग मागी विवाह भएको थियो ।

विवाहअघि कबोल भएअनुसार काठमाडौंमा घडेरी किन्न लवलीका बाबुले केटाका बाबुलाई १६ लाख नगद दिएका थिए । उक्त रकमबाट साहले काठमाडौंको बालाजुमा घडेरी किनेका छन् । त्यसबाहेक ल्यापटप, एसी, ४० इन्चको एलईडी , सुनको सिक्री, औंठीलगायतका गरगहना दाइजो दिएको जानकारी युवतीका बाबुले दिएका छन् ।

नवीनले माइतीबाट पोखराज जडित सुनको औंठी माग्न श्रीमतीलाई दैनिक दबाब दिँदै आएका थिए । पीटित युवती स्नातका उत्तीर्ण हुँदा उत्कृष्ठ अंक ल्याएबापत बिहार सरकारबाट सम्मानित भएकी थिइन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१