एन्फाले यसरी लत्यायो फिफाको निर्देशन !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ असार २०७३, सोमबार ०७:२५

काठमाडौं ६ असार। अखिल नेपाल फुटबल संघ एन्फाबाट गणेश थापा विदा भएको पनि लामो समय भइसक्यो ।

ANFA

फुटबलको सर्वोच्च निकाय फिफाले भ्रष्टाचार र फुटबलको अनुशासन तोडेको अभियोगमा थापालाई फिफाले १० वर्षसम्म फुटबलका कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाएको छ ।

तर, थापाकाजीकै हुकुम बमोजिम एन्फा अहिले पनि चलिरहेको गुनासो खेलाडीहरुको रहेको छ । तर, त्यो समय जानीजानी तिनै थापाकाजीले कार्यबाहक अध्यक्ष बनाएका नरेन्द्र श्रेष्ठले गुजारिरहेको आरोप छ ।

गत हप्ता भ्रष्टाचार र सुशासनको विरोधमा कारबाहीमा परेका तीन उपाध्यक्षसहित चार जनालाई पुनर्बहाली गरेपनि एन्फाका बाँकी पदाधिकारीहरुले उनीहरुलाई एन्फा प्रवेशको समयमा स्वागतसम्म गरेनन् । आजको साँघु साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१