अमेरिकामा वाइवाइ चाउचाउ उद्योग खोल्न चाहन्छु : बिनोद चौधरी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ असार २०७३, आईतवार १२:१९

सानफ्रान्सिस्को । NRN-NCC चाप्टरको आयोजनामा बे एरियाको नेपाली संघसंस्थाहरुसँग मिलि आयोजना गरिएको अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ । उर्बन करी , सानफ्रान्सिस्कोमा आयोजन गरिएको उक्त कार्यक्रममा बिश्वका अर्बपतिहरुको सुुचीमा परेका नेपालका एक मात्र बिलियनर सफल उद्योगपती बिनोद चौधरीले अमेरिकामा वाइवाइ चाउचाउ उद्योग र सिलिकन भ्यालीमा कम्पनी खडा गर्ने सपना देखेको बताएका छन् । 2

न्युयोर्कमा आयोजित फोब्र्सको फिलान्थ्रोपिक कन्फरेन्सपछि सानफ्रान्सिस्को आउनु भएको उद्योगपती बिनोद चौधरीसंग गरिएको अन्तरक्रिया कार्यक्रममा उहाले मान्छे पिछे सस्था खोल्नु भन्दा पनि मिलेर अगाडी बढ्नको लागि सबै लाई अनुरोध गर्नु भयो ।  अहिले नेपालको अर्थतन्त्र रेमिन्ट्यान्सले धानिएको उल्लेख गर्दै नेपाल बाहिर बस्ने नेपालीहरुको खुलेर प्रशंसा गर्दै यदी बाहिर बाट नेपालीहरुले रेमिन्ट्यान्स न आएको भए नेपालको अर्थतन्त्र खत्तम भैसक्ने कुरा बताउदै प्रसंसा समेत गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै उहाले ‘ सपना देख्नु पर्छ राति होइन दिउसो र सपना पुरा न भए सम्म पछि लागि रहनु पर्छ ‘ । उहाले अहिलेको जमाना भनेको टेक्नोलोजी र टयालेन्टहरुको जमाना हो र कोहि जन्मदैमा असिमित स्रोत लिएर जन्मिएको हुँदैन त्सकारण सबैलाई मिलेर जानको लागि अनुरोध गर्नु भयो । ‘म यहाँ बिभाजीत होइन, एउटै नेपाल देख्न चाहन्छु’ भन्दै उहाले आटेर गरेको खण्डमा काम पुरा हुने कुरा बताउनु भयो ।3

NRN -NCC चाप्टर को अध्यक्ष पूर्ण बानिया को सभापतित्वमा भएको कार्यक्रम मा NRN -NCC चाप्टर को मिडिया कोर्डिनेडर दिक्षा बस्नेतले बिनोद चौधरी को नाममा लेखिएको कविता बाट स्वागत गर्नु भएको थियो ।NRN -NCC चाप्टर का सचिब सुरेन्द्र मल्लले कार्यक्रम लाई रोचक बनाउनको लागि स्थानीय समाजसेबी टिका पुन लाई माइक हस्तातरण गरे पछि शुरु भएको उक्त कार्यक्रम मा जनसम्पक समितिको उपाध्क्ष्य लक्ष्मी के.सी.र दिक्षा बस्नेत ले उद्योगपती बिनोद चौधरी र उहाको श्रीमती सरिता चौधरी लाई स्वागत गर्नु भएको थियो ।1

NANC को अध्यक्ष तेज राई ले बे एरियामा बन लागेको कमुनिटी सेन्टरको बारेमा पावर पोइन्ट मार्फत जानकारी गराउनु भएको थियो भने NCC का अध्यक्ष उतम कार्कीले सबैलाई यो कार्यमा सहयोग गर्न अनुरोध गर्नु भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१