मनपरी गर्ने अनलाइन मिडिया जुनसुकै बेला पनि बन्द हुनसक्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ असार २०७३, शनिबार ०८:१३

काठमाडौं ४ असार । पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था इन्टरनेशल फेडरेशन अफ जर्नालिस्ट (आइएफजे) ले नयाँ निर्देशिकामार्फत् नेपाल सरकारले अनलाइन मिडियामाथि अंकुश लगाएर प्रेस स्वतन्त्रता कुन्ठित गर्न खोजेको भन्दै चासो देखाएको छ ।

online paper

आइएफजेले उक्त निर्देशिका तत्काल फिर्ता गर्नसमेत माग गरेको छ । सरकारद्वारा तिनदिन अघि ल्याइएको उक्त निर्देशिकामा मनपरी गर्ने अनलाइनलाई सूचना विभागले जुनसुकै बेला बन्द गर्ने सम्मको प्रावधान राखिएको छ ।

‘सरकारले आफूअनुकुल समाचार अनलाइन बन्द गर्नसक्ने भन्ने प्रावधान प्रेस स्वतन्त्रता र अनलाइनको स्वतन्त्रसँग सम्बन्धितस्थापित मान्यता विपरीत छ’ आइएफजेले भनेको छ । आइएफजेले अनलाइन सरोकारवालाहरुसँग छलफल गर्न समेत सरकारलाई भनेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१