ओखलढुंगा । ज्यानमार्ने धम्की दिएको आरोपमा एक शिक्षक विरुद्ध उजूरी दर्ता भएको छ । नवज्योतिमा विजन्तर खानीका शिक्षक इन्द्रबहादुर मगर विरुद्ध युवाहरुले उजुरी दर्ता गरेका छन् । जन्तरखानी–१, का एक बृद्धालाई जवरजस्ती करणी गरेको आरोपमा चलीरहेको मुद्दाको विषयमा शिक्षक मगरले आफूहरुलाई ज्यानमार्ने धम्कीदिएको भन्दै पीडितहरुले जिल्ला प्रशासन कार्यालयमा मुद्दादर्ता गरेको प्रशासन मुद्दाशाखाले जानकारी दिए ।
जवरजस्ती करणीको विषयमा सोही गाविसका राजन मगर र दिलिप मगर प्रहरी हिरासत राखी अनुसन्धानभइरहेको छ । राजन र दिलिपलाई छुटाउन प्रयासरत शिक्षक मगरले पीडित वृद्धा पक्षकालाई ‘मुद्दाफिर्ता नलिएज्यानै लिने’ भन्दै धमक्याएको निवेदनमा उल्लेख गरेका छन् । पीडितदानूरी शेर्पा, आङकामी शेर्पा र आङ दावा शेर्पाले ज्यानको सुरक्षा गरी पाउनजिल्लाप्रशासनकार्यालय र शिक्षक मगरलाई कार्वाहीगर्न जिल्ला शिक्षा कार्यालयमा निवेदन दर्ता गराएका छन् । निवेदनको सम्वन्धमा अध्ययन भइरहेको जनाएको छ । आरोपित शिक्षक मगर जन्तरखानी–१, का स्थानीयहुन् । थुनामा रहेकादिलिप र राजनका आफन्त भएकै नाताले उनीहरुको वचाउका लागि शिक्षक मगर क्रियाशिल भएको पीडित दानूरी शेर्पाले जानकारी दिए ।
प्रतिक्रिया