क्यालिफोर्निया । नेपालको सफल र पहिलो बिलिनियर ब्यबसायी बिनोद कुमार चौधरी सँग Shree India Cuisine,petaluma मा एक अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ । NRN NCC OF USA क्यालिफोर्निया च्यप्टरको अगुवाईमा सभापति पूर्ण बानियाको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा ब्यबसायी चौधरी प्रमुख अतिथिको रुपमा आउनु भएको थियो ।
गायिका नलिना चित्रकारको छोरा सक्षम मिश्र ले राष्ट्रिय गीत गाएर शुरु गरिएको उक्त कार्यक्रममा उपस्तिथित सबै जनाको परिचय पनि दिएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि चौधरीले म एउटा सानो ब्यक्ति हो ,मैले चाउचाउ बाट ब्यबसाय शुरु गरेको र यसले नै मलाई अरबपति बनाएको कुरा बताउनु भयो ।त्यो मात्र होइन युनिटी मा रहेर काम गर्दा सधै सफल हुने भएको ले सबैलाई युनिटी मा रहेर काम गर्न पनि अनुरोध गर्नु भयो ।”कुरा सबैको सुन्नु पर्छ तर काम आफ्नो किशिम ले गर्नु पर्छ ,अनि सफल भइन्छ” भन्दै , सपना मैले ठुलो देखे सुतेर होइन ब्यूझेर देखे र मैले सबै मेरो ब्यबसाय देखाएर गरे जसले गर्दा आज म सफल भए भन्ने कुरा बताउनु भयो ।
अथितिको आसन ग्रहण गर्दै रामेछाप जिल्लाको नेपाली काँग्रेस जिल्ला सभापति लब श्री न्यौपानेले नेपाली काँग्रेसले देशको हरेक सकटको बेलामा सहयोग गर्दै आएको र गर्ने कुरा बताउनु भयो । सभापतित्वको भूमिका निभाउनु भएको बानियाले जता सुकै रहेता पनि आफ्नो ब्यतीगत स्वार्थलाई हटाएर पदको लोभलालच नगरि सामुहिक रुपमा काम गरेको खण्डमा नेपाली समाजलाई समृद्ध समाज बनाउन सकिन्छ भन्ने सन्देस दिनुभयो १०० जना भन्दा बढी उपस्तिथित रहेको कार्यक्रममा सक्षम मिश्र ले २ वटा ,नलिना चित्रकार ले १० र केशब रिजाल ले १ गीत गाएर सबैलाई नचाएका थिए ।
सो कार्यक्रममा उठेर फाइदा भएको रकम धुर्मुस सुन्तली फोउन्डेशनले मेलम्ची नगरपालिका गिरान चौर -८ सिन्धुपाल्चोकमा गएको वर्ष को भुकम्प पिडितहरुको लागि पुननिर्माण गरिन लागेको ६५ वटा घरको लागि पठाउने कुरा आयोजक टिमले बताएको छ ।सोचे भन्दा कार्यक्रम राम्रो भएको कुरा बताउदै गायिका चित्रकारले आफुले यस्तो सहयोग गर्न पाएको मा खुसि ब्यत गर्नु भयो । बे एरिया मा बसोबास गर्ने समाजसेबी ,बिबिन्य संघ सस्थाको प्रतिनिधि ,युवा ,महिला र पत्रकारहरुको उल्ख्ये मात्रामा सहभागी थियो । कार्यक्रम NRN NCC OF USA क्यालिफोर्निया चाप्टरको मिडिया कोडिनेटर दिक्षा बस्नेतले संचालन गर्नु भएको सो कार्यक्रम Shree India Cuisine का संचालक कमल कडेल र बिस्नु रिजाल ले उप्स्थित सबै जनालाई धन्यबाद दिनु भएको थियो ।
प्रतिक्रिया