सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विशेष योजना ल्याउने : मन्त्री पोख्रेल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ असार २०७३, शुक्रबार ०८:५५

15काठमाडौ । सन् २०१७ लाई घुमफिर वर्षका रुपमा मनाउने योजना गरेको सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विशेष योजना ल्याउने भएको छ ।
ग्रामीण पर्यटनको दरिलो आधार मानिने घरबास कार्यक्रम (होमस्टे) को विकास गरी आन्तरिक पर्यटन प्रवद्र्धनका कार्यक्रम ल्याइने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले बताउनुभयो ।

मन्त्री पोखरेलले नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सकारात्मक सन्देश सञ्चारमाध्यममार्फत विश्वभरी प्रवाह गर्नुपर्ने खाँचो औँल्याउँदै त्यसप्रति सञ्चारमाध्यम गम्भीर भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

भूकम्पप्रभावित जिल्लामा ११ वटा स्थानमा भूकम्प स्मारक निर्माण गर्ने सरकारको तयारी रहेको र त्यसले पनि विश्वका पर्यटकको ध्यान आकर्षित गर्ने बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१