जोसेफ इङ्गलिस स्कुलकी छात्रा प्रिया धितालको ९७.५० प्रतिशत अंक, पहिलो हुनेमा स्कुलको दाबि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ असार २०७३, शुक्रबार ०५:४८

josephकाठमाडौँ ,३ असार ।
यस वर्षको एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएको छ। बिहीबार दिउँसो परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको हो।परीक्षामा नियमित, आंशिक तथा प्राविधिक धारका छात्रा र छात्र गरेर गरेर कुल ६ लाख १५ हजार ५ सय ५३ जना सहभागी भएका थिए । एसएलसी परीक्षाको नतिजामा ग्रेडिङ्ग शिष्टम बाट नजिता आउने भएपनि सो ग्रेडलाई प्रतिशतमा समेत निकाल्ने गरेर विद्यार्थीहरुले आफ्नो प्रतिशतलाई समेत ध्यान दिइरहेका छन । काठमाडौँ स्थित जोसेफ इङ्गलिस स्कुलकी छात्रा प्रिया धितालले कुल १०० प्रतिशतमा ९७.५०  प्रतिशत (३.९० G.P.A.)  प्राप्त गरेकी छन । उनी यस वर्षको सवार्धिक सफल विद्यार्थीको रुपमा परिचित हुने सम्भावना रहेको  छ । यदि अन्य कुनै विद्यालयको विद्यार्थीले सो भन्दा बढि नतिजा नल्याएको खण्डमा पहिलो ग्रेडिङ्ग शिष्टमको नतिजाले कपनको जोसेफ इङ्गलिस स्कुललाई महत्वपूर्ण सफलता दिलाउने पक्का छ ।

प्रतिशतका आधारमा उनी यस वर्षको सवार्धिक सफल विद्यार्थीको रुपमा परिचित हुने सम्भावना बढेको छ । यदि अन्य कुनै विद्यालयको विद्यार्थीले सो भन्दा बढि नतिजा नल्याएको खण्डमा पहिलो ग्रेडिङ्ग शिष्टमको नतिजाले कपनको जोसेफ इङ्गलिस स्कुललाई महत्वपूर्ण सफलता दिलाउने स्कुलका प्रिन्सिपल सूर्यबहादुर अधिकारीले बताएका  छन्  ।pirya

प्रतिक्रिया