काठमाडौँ ,२ असार । युद्ध कसैको चाहना हुदैन तर कहिलेकाहि समय परिस्थिती अनि बाध्यताले त्यसतर्फ अग्रसर बनाउछ। एम्नेष्टि इन्टरनेशनल नेपाल मिडिया ग्रुप ( निर्माणधिन समुह ) ले आज राजधानीमा गरेको द्वन्द्वकालिन घटना र समाधानका चुनौती बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय अनलाईन पत्रकार संघको अध्यक्ष समेत रहेका मुकुन्द ढुंगानाले द्वन्द्वकालिन समस्याबाट आजित आम नेपाली जनताले पनि शाषक बिरुद्ध बिद्रोह हुँदै जनयुद्ध सुरुवात गरेका थिए २०५२ साल फागुन १ गतेबाट।
उहाले भन्नुभयो नेपालमा पनि तत्कालिन नेकपा माओबादिको नामबाट १० बर्ष चल्यो।माओबादी युद्धमा थियो अनि सत्तापक्षमा राजा सहित अहिलेका प्रमुख शक्तिहरु काङ्ग्रेस एमालेहरु थिए।सत्तापक्ष माओबादी सिध्याउन कम्मर कसेर लागेको थियो भने माओबादी पनि सामन्ती र निरंकुश राज्यसत्ता लाई पल्टाएर जनताको सरकार स्थपना को खातिर कम्मर कसेर लागेको थियो।यसरी नै दुबैको घम्साघम्सी चल्दा चल्दै कहिले राज्यपक्षबाट त कहिले बिद्रोही पक्षबाट गरि नेपाल आमाका करिब १७ हजार सन्तानले बलिदानी चढाएको कुरा सर्बबिधितै छ।ती १७ हजार मध्य १३ हजार राज्यपक्षबाट मारिएको कुराहरु यथार्थ हुन। तपाईं हामी सबैलाइ थाह छ युद्ध कालमा धेरै घटना भए राज्यपक्षबाट र बिद्रोहिबाट। दुबै पट्टि बाट आम जनतामाथी दवाब परेको थियो। दुबै पक्षबाट ज्यादती भएको थियो। के यी सबै पिडित हरुको परिवारले क्षमा देलान ? अनि यी १७ हजार पीडित परिवारले हत्यारा लाई कारबाहिको माग गर्दै आमरण अनसन बस्ने हो भने हालत के होला ?
एम्नेष्टि इन्टरनेशनल नेपाल मिडिया ग्रुप ( निर्माणधिन समुह ) ले गरेको द्वन्द्वकालिन घटना र समाधानका चुनौती बिषयक अन्तरक्रियाको प्रमुख अतिथि समेत रहेका पुर्ब मन्त्री तथा सांसद मोहनसिंह राठौरले बोल्दै न्यायका लागि संघर्षरत द्वन्द्वपीडितका परिवार र सरकारले गम्भीर रुपमा बार्तामा बसी यस बिषयलाई मेलमिलाप आयोग मार्फत सामाधान गर्नुपर्नेमा राठौरको जिकिर रहेको थियो ।
एम्नेष्टि इन्टरनेशनल नेपाल मिडिया ग्रुप ( निर्माणधिन समुह ) ले गरेको अन्तरक्रिया कार्यक्रममा एम्नेष्टिका अध्यक्ष सूर्यबहादुर अधिकारीले भने सरकारमा रहेका दुई मुख्य दलहरुले नै चालु संक्रमणकालीन न्याय प्रक्रियामा हस्तक्षेप गरी अदालतमा चलिरहकेका मुद्दा फिर्ता लिने, माफी मिनाहा दिने कुराले स्तब्ध बनाएको उनीहरूले जनाएका छन्। ‘मानव अधिकारको गम्भीर उल्लंघन, मानवीय कानुनको उल्लंघन, युद्ध अपराध, गैरन्यायिक हत्या, बेपत्ता पार्ने कार्य, बलात्कारका घटना कुनै पनि आधारमा माफी वा मिनाहा हुँदैन। त्यस्तो कुनै पनि व्यवस्था हामीलाई स्वीकार्य छैन, यो बिषयमा जहिले पनि बोल्ने भन्दै अधिकारीले सरकारलाई चेतावनी समेत दिएका थिए ।
कार्यक्रममा एम्नेष्टि इन्टरनेशनल नेपाल मिडिया ग्रुप ( निर्माणधिन समुह ) को सदस्यहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
प्रतिक्रिया