रौतहट १ असार /अभिमनु पटेल ।
महारानी पुजा समिति ब्रहम्पुरीको आयोजनामा आज शिव मन्दिर उदघाटन सम्पन्न ।
रौतहट गा।वि।स ब्रहम्पुरीमा महारानी पुजा समिति र गाउँ बासीको विशेष सहयोगमा आज शिव मन्दिरको एक कार्यक्रम बिच उदघाटन गरिएको छ ।कुनै वाहिरी सहयोग नलिकन मात्र स्थानीय सर्वसाधारण गाउँ बासीको सहयोग रकमबाट निमार्ण कार्य पुरा गरि जेठ २८ गते देखि शिव प्रणा प्रतिष्ठा महायज्ञ सुरु गराई आज विभिन्न पुजा अर्चना गरि शिव मन्दिर उदघाटन गरिएको छ ।
उदघाटन कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी नरहरि बराल बोल्दै फाल्गुन ५ गतेका दिन शिलान्यास गरेको शिव मन्दिर मात्र ९० दिन भित्रमा निमार्ण कार्य पुरा गरिएको यो रौतहटको जिल्लाकै पहिलो ईतिहासीक कार्य हो ।ब्रहम्पुरी गाउँ अब गाउँ मात्र नभई यो सांस्कृतिक पर्यटकीय स्थल बनेको प्र।जि।अ बरालले बताए ।शिवमन्दिर लाई संरक्षण गर्ने काम अब स्थानीय बासीहरुको रहेको छ ।महारानी पुजा समिति ब्रहम्पुरीले धेरै सराहनीय काम गरेको यस्तो धर्मकर्मको काम गर्ने लाई सहयोग गर्नुपर्छ विरोध हईन ।गाविस विकास उपभोक्ता समितिमा सबै समुदायको व्यक्तिलाई मिलाई विकास कार्य राम्रो गराउनुपर्यो प्र।जि।अ।बरालले बताए ।
शिव मन्दिर उदघाटन कार्यक्रममा सभापति निर्माण व्यवसायी संघ रौतहट कोषाध्यक्ष धिरेन्द्र कु।सिंहको सभापतित्वमा सम्पन्न भएको थियो ।सो कार्यक्रममा अतिथि नेपाल प्रहरी उपरीक्षक डा। गणेश रेग्मी ,सशस्त्र प्रहरी बल उपरीक्षक मदन सिंह विष्ट , राष्ट्रिय अनुसन्धान आयोग प्रहरी उपरिक्षक मनेहन काफ्ले , निर्माण व्यवसायी संघ अध्यक्ष नागेन्द्र प्रसाद साह , महारानी पुजा समिति अध्यक्ष नवीन कु। सिंह लगायत बुद्धिजीवी , समाजसेवी , शिक्षक , सम्पूर्ण गाउबासीको सहभागिता रहेको थियो ।
प्रतिक्रिया