प्रसुति गृह निर्माण गर्न एकल महिलाले गरिन् जग्गादान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ असार २०७३, बुधबार ०८:०४

jaggadhanसम्राट सिंह /बझाङ, १ असार ।
जिल्लाको पाराकाट्ने गाविसमा प्रसुति गृह निर्माण गर्न एकल महिलाले ३ रोपनी जग्गादान गरेकी छन ।
घरमा सुत्केरी गराउँदा बिभिन्न खाले जोखिम हुने तथा ज्यानै जाने खालका घटनामा बृद्घि हुन थालेपछि पाराकाट्ने गाविस ४ की एकल महिला किस्ना देवी साउँदले गाउँमै प्रसुति गृह निर्माण गर्न जग्गादान गरेकी हुन ।
स्वास्थ्य संस्था अपायक पर्ने स्थानमा भएपछि प्रसुति गराउन झण्डै २ घण्टा पैदल हिँडेर भैरवनाथ गाविसको झोता र रायल गाविसमा पुग्नुपर्ने समस्या भोग्दै आएका पाराकाट्ने गाविसका गर्भवती महिलाहरुलाई गाउँमै प्रसुति सेवा सुविधा होस भन्ने उद्येश्यले जग्गादान गरेको एकल महिला किस्ना देवी साउँदले बताईन् । अब राज्यले तत्काल गाविसका सबैलाई पायक पर्ने स्थानमा प्रसुति गृह निर्माण गरेर यस क्षेत्रका गर्भवती महिलालाई गाउँमै प्रसुति सेवा दिनुपर्ने उनको भनाइ छ ।
४८ वटा स्वास्थ्य संस्था रहेको बझाङ जिल्लामा ४२ वटा स्वास्थ्य संस्थामा प्रसुति सेवा संञ्चालन रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।
पाराकाट्ने गाविसको विकट भौगोलिक अवस्था भएकाले स्वास्थ्य संस्थामा भएको प्रसुति सेवाले मात्र गाविसका सबै वडाहरुका गर्भवती महिलाहरुले प्रसुति सुविधा लिन कठिन भएकाले सबैलाई पायक पर्ने अहिले जग्गादान गरेको स्थानमा नै प्रसुति गृह निर्माण गर्ने पहल गर्ने स्थानिय गंगुदेवि कडायत बताइन ।
प्रसुति गृह निर्माणका लागि जग्गादान गरेपछि पाराकाट्ने गाविसका बासिन्दाहरुले जग्गादाता किस्नालाई सम्मान गरेको छ । मंगलबार किस्नाले आफ्नो नाममा रहेको कित्ता नम्बर १८८० को ३ रोपनी जग्गा सामुदायिक स्वास्थ्य इकाइ पाराकाट्नेको नाममा नामसारी गरेकी छन ।
पाराकाट्ने गाविसको स्वास्थ्य संस्थामा प्रसुति सेवा ४ महिना देखि नै संञ्चालनमा आएको तर गाविसका सबैलाई पायक पर्ने ठाउँमा नभएकाले सबैलाई पायक पर्ने स्थानमा प्रसुति गृह निर्माण गर्न थालिएको जिल्ला अस्पतालका डाक्टर मिलन सिलवाल ले बताए । उनले भने किस्ना देवि जस्तो जग्गादाताले गर्दा गाउँका गर्भवती महिलाहरुले प्रसुति सेवा पाउने भएका छन ।
फोटो क्याप्सन ः जग्गादाता किस्ना देवि साउँद

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१