‘कसैलाई दोष नदिनु, लाश बुझ्नका लागी यो नम्बरमा फोन गरिदिनु’ भन्दै अस्पतालको चौथो तलाबाट हामफालेर आत्महत्या

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३२ जेष्ठ २०७३, मंगलवार १४:०७

काठमाडौँ  । ५२ वर्षीय गोपिकृष्ण बस्ताकोटीले काठमाडौं मेडिकल कलेज (केएमसी)को चौंथो तल्लाबाट हामफालेर आत्महत्या गरेका छन् ।मंगलबार बिहान करिब पाँच बजे मर्निङवाक निस्किएका बस्ताकोटीले अस्पतालको चौथो तलाबाट हामफालेर आत्महत्या गरेको  प्रहरीले जनाएको छ ।

काठमाडौंको चावहिल स्थायी घर भएका बस्ताकोटी मंगलबार विहान करिब पाँच बजे मर्निङवाकमा निस्कीएका थिए । मोर्निङवाक गर्दै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पुगेका बस्ताकोटी चौंथो तलामा जुत्ता खोलेर हाम फालेको प्रहरीले जनाएको छ ।

प्रहरीले अस्पतालको चौथो तलामा गोपिकृष्णले लगाएको जुत्ता फेला पारेको छ भने उनको गोजीमा सुसाइड नोट भेट्टाएको छ ।

उनले लेखेको कागजको टुक्रामा ‘कसैलाई दोष नदिनु, लाश बुझ्नका लाागी यो नम्बरमा फोन गरिदिनु’ भन्दै आफ्ना भाई राजु बस्ताकोटीको नम्बर लेखिएको छ  ।kmchospital

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१