कम्यूनिटी सेन्टरको विवाद सकियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३२ जेष्ठ २०७३, मंगलवार ०८:३८

सान फ्रान्सिस्को। बिगत लामो समय बाट विवाद मा रहदै आएको नेपालीहरुको नेपाली कम्यूनिटी सेन्टर कसले बनाउने भने बारेको विवाद सकिएको छ । नेपाली समुदायले पटक पटक प्रयास गर्दा पनि मिल्न नसकेको विवाद बे एरिया मा बसी पत्रकारिता गर्ने पत्रकारहरुको प्रयासमा यो विवाद टुंगिएको थियो ।

पत्रकारहरुलाई खाली   बजार तताउने मात्र काम गर्ने आरोप लगाउदै आएकाहरुको लागि  यो प्रयासले एक किसिमको पाठ सिकाएको छ ।  बे एरियामा सधै जुङ्गाको लडाई ,  हरेकमा राजैतिक स्वार्थ अनि व्यक्तिगत स्वार्थ, नाम कसको हुनुपर्ने भन्ने जस्ता नितान्त निजी स्वर्थका कारण असफल  हुदै आहेको यो  कार्य  त्यागबाटमात्र  सफल हुन्छ र मिलेर गए पछि मात्र सफल हुन्छ भन्ने टुंगो लागे पछि नेपाली नेपाली र कम्यूनिटी सेन्टर नेपाली  एसोसिएशन अफ नर्दर्न क्यालीफोर्निया बीचको बिबाद टुगिएको थियो । बे एरिया को सघ सस्था को प्रतिनिधि ,समाजसेबी,युवा र महिला दिदीबहिनी हरुको समेत को उपस्थिति मा बे एरिया को पत्रकार हरु ले अन्तरक्रिया कर्यकर्यम संचालन गरेको थियो धेरैलाइ निमन्त्रणा गरिएता पनि बिगतको लुछाचुडी ले गर्दा कहिले पनि बार्ता सफल न भएको  तितो अनुभवले कतिजना आउनु भएको थिएन तर पनि जसरि पनि मिलौनुस भनि धेरे जसो ले कर्यकर्यम को सफलताको शुभकामना दिनु भएको थियो ।कार्यक्रमको प्रत्यक्ष प्रसारण इहबनेपाल डटकमले आफ्नो फेसबूक्मा गरेको थियो जसलाई बे एरियाको नेपाली समुदायले चाख पूर्ण ढगले हेर्नु भएको थियो ।   अन्तत नेपाली  एसोसिएशन अफ नर्दर्न क्यालीफोर्नियाका अध्यक्ष्य तेज राई र   नेपाली कम्यूनिटी सेन्टरका अध्यक्ष्य उतम कार्की  लाइ निर्णय गर्न १५ मिनेटको समय दिइयो। दुबैले छलफल र सबैले दिएको रायको आधारमा तत्कालै ५ बुदे  निर्णय गरि टुंगोमा पुराउनु भयो।

कम्यूनिटी सेन्टरका बिषयमा हालसम्म भएका गतिबिधि अनि आगामी योजना बारे स्थानिय संघ-संस्था र कम्यूनिटी लिडर ,युवा वर्ग ,महिला चन्दादाता,समाजसेबी  संग एक  छलफल गरि अगाडी लैजाने सहमति गर्दै कर्यकर्यम को अन्त्य गरिएको थियो ।यो प्रयास गरेर इतिहांस बनाउनु सहजी करण गर्ने स्थानीय पत्रकारहरुमा ध्रुव कुँवर, संदीप बाबु चौधरी, तोया दाहाल, कृष्ण के सी, सर्बग्य वाग्ले, रोशन अधिकारी, अमृत कुँवर, प्रेम परियार हुनुहुन्थ्यो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१