“नयाँ शक्ति नेपाल” पार्टी आउँदा दिनहरूमा नेपालकै नमुना पार्टी बन्ला त ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ जेष्ठ २०७३, सोमबार १४:२७

baburamकर्ण बहादुर अधिकारी मकाउ, चीन। पूर्व मेची देखि पश्चिम महाकाली सम्मका नयाँ शक्ति नेपालका अभियन्ता हुँ भन्ने जमातहरूलाई उत्प्रेरीत गराएर जातीयताको रंग छरेर बृहत रूपमा बडो तामझामका साथ करोडौ रूपैया खर्चिएर काठमाण्डौं स्थित दशरथ रंगशालामा “अबको निकास आर्थिक बिकास” मुल नारा सहित बाबुराम भट्टराईले आधिकारीक रूपमा पार्टीको स्थापना गराए।बुद्धिजीवी बर्गका बाबुरामले २५ बर्षमा नेपाललाई समुनत नेपाल बनाई संसारकै धनी राष्ट्र बनाउने छौ र हरेक नेपालीको घर नबने सम्म आफ्नो घर नबनाउने प्रण गरेर पार्टी स्थापना गरे।बिश्वका कयौ राष्ट्रको उदाहरण दिएर त्यहाँका शाशकीय प्रणालीका बारेमा पनि दिलै खोलेर चर्चा गर्न भ्याए भने नेपालको ४००० बर्ष पुरानो ईतिहास देखि लिएर हालको बर्तमान अबस्था सम्मका कुराहरूलाई प्रष्ट पारे। कार्यक्रमको दौडानमा राजा पृथ्वी नारायण शाहको नेपाल एकिकरण देखि बिभिन्न काल खण्डमा जीवनको आहुँती दिएका अमर शहिद देखि बीपी कोईराला,पुष्पलाल लगाएतका नेताहरूलाई सम्झिए। कार्यक्रममा बाबुरामले आफ्ना पीताजीलाई पनि उपस्थिति गराएका थिए।यिनले आफ्नो र घरको बारेमा पनि दिलै खोलेर चर्चा गर्न भ्याए।कार्यक्रममा प्रधामन्त्री केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा,नेपाली कांग्रेसका नेता प्रदीप गिरी,नेकपा माओबादी केन्द्रका केन्द्रिय नेता कृष्ण बहादुर महरा,बिभिन्न राजनिति दलका नेताहरू, नागरीक समाजका अगुवाईहरू,बिभिन्न राष्ट्रका राजदुतहरूको उपस्थिति रहेको पाईयो।कार्यक्रममा केपी ओलीको सपना झै बाबुरामले पनि सपना बाड्न भ्याए यदि त्यहि कुराहरू केपी ओलीले बोलेका भए सबैले हावामा उडाउने थिए तर बाबुरामले बोल्दा चाहि सुनि मात्र रहे आखिर किन? प्रधानमन्त्री केपी ओलीले बोल्ने क्रममा नयाँ शक्ति नेपालले एमाले बाहेक अरू पार्टीसंग टक्कर गर्छ एमालेसंग चाहि सक्दैन भन्नुमा के छ त तात्पर्य?कार्यक्रमको दौडानमा कार्यक्रम संचालिका करिष्मा मानन्धरले बोलेका गल्तिहरू पनि प्रष्ट रूपमा नै सुनियो। नेपालमा च्याउ सरी उम्रिएको पार्टीहरूको जमात भित्र नयाँ शक्ति नेपालले पनि प्रवेश गरेको छ हेरौ अब आउने दिनहरूमा कसरी यसले आफ्नो काम कार्वाही अगाडी बढाउछ त्यो त समयले नै पार लगाउने छ।अनुहार त्यहि बिचार त्यहि भएका झुण्डहरूको बीचबाट पदीय भाग नपुगेर स्थापना भएको नयाँ शक्ति आउँदा दिनहरूमा भुँई खोर्सने कुखुरा नबनी आकाश चुम्ने चील बनोस। नयाँ शक्ति त स्थापना भयो स्थापना पूर्व डा. भट्टराईको बिगत तिर फर्किदा लाग्छ आज यहि नयाँ शक्ति नेपाल स्थापना गर्नका लागि नै माओबादी जन्माएर १७ हजार नेपाली दाजुभाई,दिदिबहिनीहरूको जीवन लीला समाप्त गर्न र हजारौको संख्यामा बेपत्ता र हजारौको संख्यामा घाईते बनाएर भौतिक संरचनाहरू तहस नहस गर्नका लागि रहेछ भन्ने आभास हुदैछ।कमरेड प्रचण्डसंगको लामो शीत युद्ध पश्चात आफ्ना गुटका कार्यकर्ताहरूलाई साथमा लिएर नेकपा माओबादीको साधरण सदस्य सम्म पनि नरहने गरी कमरेड प्रचण्डसंगको ३० बर्षीय सहकार्यलाई चट्क्कै भुलेर नयाँ शक्ति नेपाल स्थापना गर्न तिर तल्लिन भए र त्यो सपनालाई दशरथ रंगशालाबाट बिपनामा परिणत गराई दिए।माओबादी जनयुद्धमा जनयुद्ध हाक्ने नेतृत्व सम्हालेका बाबुराम सधै भरी भारतको एजेन्ट भनेर चिनिए। उहाँलाई त लाग्छ होला माओबादी जन युद्धकै कारण नेपालमा एक कालखण्ड परिबर्तन भयो भनेर तर कुरा त्यस्तो हैन १० बर्षे जनयुद्धमा देशलाई घाटा बनाउने र देशको अर्थतन्त्रलाई १५० बर्ष पछाडी धकेल्ने पनि माओबादी नै हो अझै पनि त्यस्ता किसिमको दुष्कर्म माओबादीका बिप्लव समुहबाट हुँदै छ।नेपालमा राजतन्त्र अन्त्य गरी लोकतन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बनाउनका लागि माओबादीको मात्र योग्दान छैन।६२/६३ सालको आन्दोलनमा ५ दलको गठबन्धनले आन्दोल सुरूवाती गरे पनि पछि सात दलको गठबन्धमा आन्दोलन छेडेर राजतन्त्रको अन्त्य गरीएको थियो।त्यस बखत प्रमुख भुमिका निबारण गिरिजा बाबुले नै गर्नु भएको थियो।राजा ज्ञानेन्द्रसंग गिरीजाबाबुको चिसो पना र शीत युद्धकै कारण राजतन्त्र अन्तय भएको थियो। डा. भट्टराई माओबादी पार्टीकै प्रतिनिधित्व गरी प्रधान मन्त्री बनेका थिए।त्यहि पार्टीले यिनलाई राजनितिका पाठ सिकायो त्यहि पार्टीका कारणले नै यिनलाई आतङ्कारीको ट्याग पनि भिरायो र टाउँको मुल्य समेत तोक्यो।अब तपाई नै भन्नु होस जसले यिनलाई हरेक चीज दियो त्यसैलाई बिर्सिएर नयाँ शक्ति नेपाल खोल्नु उचित थियो वा थिएन?जे जे खोले पनि ती बिगतका दिनमा जनयुद्धका नाममा भएका काम कार्बाहीको धङधङी यिनको मनमस्तिष्कबाट कहिले पनि हट्ने छैन।baburam 1

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१