नेतृ बन्न खोजेकी करिश्माको आमसभामा यस्तो हालत

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ जेष्ठ २०७३, सोमबार ०९:०६

अभिनेत्री करिश्मा मानन्धरकाठमाडौं, ३१ जेठ । नयाँ शक्ति नेपालको सचिवालय सदस्यको हैसियतमा पहिलो पटक पार्टी घोषणा सभा कार्यक्रम सञ्चालन गरेकी अभिनेत्री करिश्मा मानन्धरले कार्यक्रम अवधिभर गल्ती नै गल्ती गरिन् ।
आमन्त्रित विदेशी अतिथिहरुको समेत उपस्थिती रहेको कार्यक्रममा कार्यक्रम सञ्चालनको सुरुमै अंग्रेजी बोल्न तम्सिएकी करिश्मा सुरुमै चिप्लिइन् । अर्का कार्यक्रम सञ्चालक पासाङ शेर्पाले नेपालीमा कार्यक्रमको सम्बोधन गर्दै गर्दा करिश्माले अंग्रेजी बोलिन् तर उनको उद्घोषणमा निकै गल्ती भेटिन्थ्यो ।

त्यससँगै भुटानी प्रधानमन्त्रीले पठाएको शुभकामनापत्र वाचन गर्दा उनले बल्ल–बल्ल पत्र पढेर सकाइन । कति ठाउँमा अड्किइन तर मिलाएर उनले ‘सरी’ भन्दै पत्र वाचन गरेर सकाइन् ।

कार्यक्रम सञ्चालनका लागि अपरिक्व देखिएकी करिश्माले कांग्रेस सभापति शेरबहादुर देउवालाई मन्तव्यका लागि बोलाउँदो ‘व्यक्तिगत सम्बन्ध’ गाँसिन् । ‘शेरबहादुर दाईलाई म कार्यक्रममा निम्त्याउन चाहन्छु, उहाँ मेरा ससुराका मिल्ने साथी हुनुहुन्छ र आरजू राणाजीसँग मेरो पनि राम्रो सम्वन्ध छ ।’ उनले प्रसंग जोडिन् ।

त्यससँगै करिश्माले कांग्रेस नेता प्रदीप गिरीलाई मञ्चमा निम्त्याउँदा गम्भीर गल्ती गरिन् । गिरीलाई डा। प्रदीप भट्टराई भनेर बोलाएपछि सभामा ठूलो कोलाह मच्चियो । हतारिँदै करिश्माले माफी माग्दै भनिन्, ‘सरि प्रदिप गिरी’ । गिरीले भाषण गरिसकेर करिश्मालाई सल्लाह दिए, ‘आइन्दा बिस्तारै बोल्नु, हतार गरे लडिन्छ ।’

प्रधानमन्त्री केपी ओली साढे ३ बजे सभामा आउने जानकारी दिएकी करिश्माले भनिन् ‘चाँडै स्टेजमा आउँदै हुनुहुन्छ पीएम केपीजी ।’ ठीक ४ बजे कार्यक्रमस्थलमा प्रधानमन्त्री आइपुगेलगत्तै फेरि करिश्माले हतारिँदै भनिन् ‘हाम्रो प्राइम मिनिस्टर केपी ओलीज्यू यहाँ उपस्थित भइसक्नुभएको छ, उहाँहरुलाई गीभ हिम अ विग ह्याण्ड क्ल्याप फर हिम ।’

पटक–पटक करिश्माको गल्ती देखेर भने दर्शक आजित थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुनिलबहादुर थापालाई बोलाउँदा समेत उनले राप्रपा नेपालका नेता भनिन् । कमाण्डर पोष्ट दैनिकमा खबर छ । फोटो पहिलो पोष्ट बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१