मेक्सिकोमा बन्दुकधारीद्धारा एकै परिवारका ११ जनाको हत्या

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ जेष्ठ २०७३, शनिबार १४:३४
मेक्सिको, २९ जेठ। मेक्सिकोको एक ग्रामीण क्षेत्रमा एकजना बन्दुकधारीले गोलीहानी एकै परिवारका ११ जनाको हत्या गरेको समाचार छ ।मारिनेमा दुई जना साना नानी पनि छन् । त्यसैगरी पाँच महिला र चारजना पुरुष मारिनेमा परेका छन् ।पुब्ला राज्यको मध्यभागमा बसोबास गरिरहेको एल मिरादा समुदायको परिवारमा सो हत्याकाण्ड भएको हो । त्यस आक्रमणमा परी गम्भीर रुपमा घाइते भएका दुईजना बालिकालाई उपचारार्थ अस्पताल भर्ना गरिएको बताइएको छ ।
सो बन्दुकधारीले पारिवारिक विवादका कारण यसरी एकै परिवारका सबैजनाको हत्या गरेको प्रहरीले प्रारम्भिक रुपमा गरेको अनुसन्धानमा खुलेको जनाएको छ ।आक्रमणमा आएका दुईजनामध्ये एकलाई स्थानीय प्रत्यक्षदर्शीले पहिचान गरेका प्रहरीले जनाएको छ । हत्यामा सम्लग्न एकजना पुरुषले सोही परिवारकी एक महिलासँग यौन सम्बन्ध राख्दै आएको र सोही सम्बन्धको कारण हत्याको घटना हुन पुगेको प्रहरीले जनाएको छ ।
 
 
 
 
 
 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१