चुनाव हार्नेको दबाबले देउवा तनावमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ जेष्ठ २०७३, शनिबार ०७:१८

काठमाडौं २९ जेठ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा चुनाव हारेका नेताले केन्द्रीय सदस्य मनोनित गर्न दबाब बढाएपछि सभापति शेरबहादुर देउवा तनावमा परेका छन् ।deuwa

केन्द्रीय सदस्यमा पराजित सबैले मनोनित गर्न भन्दै धम्की दिन थालिएपति उनी तनावमा परेका हुन् ।

पराजितहरुको दवावबीच देउवाले शुक्रबार मात्रै १३ औं महाधिवेशनमा चुनाव नलडेका तीन नेतालाई केन्द्रीय सदस्य मनोनित गरेका छन् । उनले किशोरसिंह राठौंर, केशवकुमार बुढाथोकी र श्यामकुमार घिमिरेलाई केन्द्रीय सदस्य मानोनीत गरेका हुन् । आजको राजधानी दैनिकमा समाचार छ ।

यो मनोनयनसँगै पराजितहरुले भलनै दबाब बढाएको देउवानिकट एक नेताले बताए । अब ११ सदस्यको मनोनयन गर्न बाँकी छ ।

देउवा निकट स्रोतका अनुसार ११ मध्ये ६ सिटमा तत्कालै मनोनयन गर्ने योजनामा देउवा रहेका छन् ।

त्यससँगै ४२ वटा विभाग प्रमुख मनोनयान गर्ने तयारीमा देउवा रहेका छन् । यता देउवालाई केन्द्रीय सदस्यमा पराजित भएकाहरुलाई पुनः मनोनित नगर्न दबाब दिएका छन् । केही नेताहरुले भने पराजित भएकाहरुलाई मनोनयन गर्ने परम्परानै भइसकेको भन्दै मनोनयन गर्न सकनिे सुझव दिएका छन् ।

२५ औं स्थानमा आउन नसकी केही चर्चित अनुहार समेत महाधिवेशनमा पराजित भएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१