बाढीको बहाव थाहा पाउने नयाँ यन्त्र

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ असार २०७१, मंगलवार ११:५५

रत्ननगर (चितवन),  ।  जिल्ला प्रशासन कार्यालय चितवनमा को विपद् डेस्कमा नदीको बहाव थाहा पाउने यन्त्र जडान गरिएको छ ।

यो यन्त्रमार्फत चितवनको नारायणी र राप्ती नदीमा बाढीको बहाव कस्तो छ र कुन अवस्थामा खतराको सङ्केत आउँछ भन्ने पत्ता लाग्नेछ ।
अघिल्लो वर्ष चितवनमा घाम लाग्दा पनि नारायणीमा बाढी अत्यधिक आएकाले अहिले पूर्व जानकारीका लागि यस्तो यन्त्र जडान गरिएको प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले बताउनुभयो ।
यो वर्ष जिल्ला विपद् व्यवस्थापन समितिले नारायणी नदीको मुहान क्षेत्रको समेत अध्ययन गरेर यन्त्र जडान गरिएको हो । मुहान क्षेत्र वा नारायणीमा मिसिने विभिन्न शाखा नदी र खोलाको अवस्थाको समेत अध्ययन गरी त्यहाँको बाढीको मापनसमेत समितिले गर्न सुरु गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको विपद् डेस्कले यी सबै कुराको जानकारी लिने र तत्कालै सञ्चारमाध्यम, विपद् व्यवस्थापनका पदाधिकारी र स्थानीय गाउँलेलाई खबर गर्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।
नारायणी नदीमा मिसिने विभिन्न नदीबाट आएको बाढी स्थानीयलाई जानकारी गराएको चार घण्टापछि मात्रै चितवनमा आइपुग्ने भएकाले सुरक्षित स्थानमा जान सकिने उहाँले बताउनुभयो ।

डेस्कमा नारायणी र राप्ती नदीको बाढी मापन हुन्छ । बाढी खतराको तहमा पुगेपछि साइरन बज्छ । अनि सबैलाई सावधानी अपनाउन सूचना जारी गर्ने गरी व्यवस्था मिलाइएको चितवन प्रशासनले जनाएको छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१