धुर्मुस सुन्तलीलाई श्रीमति संघको १४ लाख सहयोग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ जेष्ठ २०७३, बिहीबार १७:२८

काठमाडौँ । सैनिक श्रीमति संघ (नेपाली सेना) ले गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि १४ लाख रुपैँया हस्तान्तरण गरेको छ । धुर्मुस सुन्तली फाउण्डेशनकाअध्यक्षसिताराम कट्टेल (धुर्मुस) र कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) लाई संघले उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । भूकम्प पिडितका लागिहाँस्यकलाकारको जोडीले एकिकृत नमुना बस्ती नै निर्माण गरिरहेकाले १४ लाख रुपैँयाप्रदानगरिएको संघकी अध्यक्ष रीताक्षत्रीले बताएकी छिन् ।

?
?

केहि समय अघि एक कार्यक्रम गरी संकलनभएको रकम धरहरा निर्माणका लागि २५ लाख हस्तान्तरण गरिएको र बाँकी रहेको रकमधुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदानगरिएको संघले जनाएको छ । संघबाट प्राप्तउक्त सहयोगले गिरान्चौर एकिकृत बस्ती निर्माणमा ठूलो सघाउ पुग्ने फाउण्डेशनकाअध्यक्ष कट्टेलले बताएका छन् ।भूकम्प पिडितको उद्धार र विकासको नमुनाकालागिगिरान्चौर एकिकृत बस्ती निर्माण गर्न लागिएकाले सो कार्यमा संघले पनि सहयोग गरेकोमाउनले आभार व्यक्त गरेका छन् । थोपाथोपागरेर अर्थ संकलनभइरहेको यस अभियानमा संघले गरेको सहयोगसँगै झण्डै २ करोड रुपैँयाजम्माभएको कोषाध्यक्ष कुञ्जनाघिमिरेले बताएकी छिन् । भूकम्पप्रतिरोधी ६५ बालमैत्री तथा अपाङ्ग मैत्री भवन, बगैँचा, बालउद्यान, सामुदायीकभवन, शौचालयलगायतकापूर्वाधार निर्माणका लागिकरिब ५ करोड रुपैँयालागतलाग्ने अनुमानगरिएको छ । बस्ती निर्माणका लागि सहयोग गर्न थुप्रै व्यक्ति र संस्थाबाट प्रतिबद्धताहरु आइरहेकाले आफ्नो सपना साकार हुने विश्वास बढेको उनीहरुको भनाई छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१