असफल भएपछि सारापोभालाई दुई वर्ष प्रतिबन्ध

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ जेष्ठ २०७३, बिहीबार ०७:१६

tenisइन्टरनेसनल टेनिस फेडेरेसनले टेनिस सुन्दरी मारिया सारापोभालाई दुई वर्षका लागि प्रतिबन्ध लगाएको छ। डोपिङ परीक्षणमा असफल भएपछि उनलाई प्रतिबन्ध लगाइएको हो।
सन् २०१६ को जनवरी २६ मा अस्ट्रेलियन ओपनको क्वार्टर फाइनल म्याचपछि सारापोभाको मूत्र परीक्षण गरिएको थियो। क्यानाडाको प्रयोगशालमा परीक्षण गर्दा उनको पिसाबमा मेल्डोनियम भेटियो। यो औषधी सन् २०१६ को प्रतिबन्धित सूचीमा थियो।
मार्च २ मा यो विषयमा सोध्दा सारापोभाले आफूले एन्टी डोपिङ रुल उल्लङ्घन गरेको स्वीकार्दै स्वतन्त्र ट्राइबुनलमा सुनुवाईको आग्रह गरेकी थिइन्। उनले तत्काल स्वीकार गरेको हुनाले ट्राइबुनलले २६ जनवरीदेखि नै लागू हुने गरी प्रतिबन्ध कायम हुने फैसला गरेको हो।

रुसमा जन्मिएकी प्रोफेसनल टेनिस खेलाडी सारापोभा १८ वर्षको उमेरमै सन् २००५ मा विश्व नम्बर एक खेलाडी बनेकी थिइन्। उनले ३५ वटा सिङ्गल टाइटल र पाँच वटा ग्रान्ड स्लाम टाइटल जितेकी छिन्। प्रतिबन्ध लागेपछि अब उनले सन् २०१८ को जनवरी २५ सम्म टेनिस खेल्न नपाउने भएकी हुन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१