नयाँ शक्तिका केन्द्रीय परिषद्का सदस्य नै प्रहरी खोरमा,चार वर्ष एक महिना १५ दिनको कैद फैसला

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ जेष्ठ २०७३, बुधबार ०६:५७

काठमाडौं २६ जेठ । चोरी अभियोगमा फरार रहेका नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रीय परिषद्का सदस्य तथा सप्तरी संयोजक अरुणकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।naya shakti
जिल्ला अदालतले नकटी रामपुर गाविस ४ का ३२ वर्षीय साहलाई चार वर्ष एक महिना १५ दिनको कैद साजयको फैसला भएपछि सोमबार कारागार पठाएको अदालतका श्रेस्तेदार नरेन्द्रकुमार श्रेष्ठले बताएको अाजको अन्नपूर्णमा समाचार छ ।

जिल्ला अदालतले फरार अभियुक्तको सूचीमा राखेका साहलाई इलाका प्रहरी कार्यालय रुपनीले नटकी रायपुर गाविस ८ स्थित रुपनीचोकबाट सोमबार राति पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१