ट्रिपर दुर्घटना हुँदा ३ को मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ जेष्ठ २०७३, मंगलवार १४:४०

दाङ । दाङको सैघा गाविस पेदामा ट्रिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अर्का एक गम्भीर घाइते भएका छन् ।गएराति रा १ ख ९२७ नम्बरको टिपर दुर्घटना हुँदा टिपर चालक सल्यान माल्टा–९ निवासी २७ वर्षीय तिलकबहादुर घर्ती, पहिचान हुन नसकेका सहचालक र दाङको सैघा–२ निवासी १८ वर्षीय अजय नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रकाश शर्माले जानकारी दिए ।tripper

सोनापुर सिमेन्टको लागि कच्चा पदार्थ बोकेर दाङतर्फ आउँदै गर्दा ट्रिपर दुर्घटनामा परेको हो ।

प्रतिक्रिया