‘फाइर अन द र्याम्प’मा अभिनेत्री अनु र बेनिसा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ जेष्ठ २०७३, मंगलवार ०७:५४

कलाकारकाठमाडौं । अभिनेत्री अनु शाह, बेनिसा हमाललगायत थुप्रै सेलिब्रेटी एकसाथ र्याम्पमा उत्रिने भएका छन् । फाइर डिस्को लन्च ठमेलले आगामी शनिबार ९२९ गते० एकसाथ अभिनेत्रीहरु र्याम्पमा उतार्ने तयारी गरेको हो ।

‘फाइर अन द र्याम्प’ नामक दिइएको फेसन सोको कोरियोग्राफर नेपाल मोडलिङ संघका अध्यक्ष समेत रहेका दिनेश शाही रहेका छन् । शाहीका अनुसार कार्यक्रममा अनु र बेनिसाका अलवा अन्तर्राष्ट्रिय मोडल दिपक घिमिरे, मिष्टर नेपाल सुदिप पोखरेल, गणेश अग्रवाल, सुरज चिल्वाल र मोडल नहिन शाहीले पनि र्याम्प नाप्नेछन् ।

फेसन सोमा १२ केटा र १६ केटी व्यवसायिक मोडलहरुले पनि क्याटवाक गर्दैछन् । सोमा वडी विल्डिङ, युनिक ड्रेस, क्याजुवल ड्रेसलगायत ६ सिक्वेलमा फेसन प्रर्दशन गरिनेछ । कार्यक्रममा चर्चित गायक धिरज राई, कमल खत्री, ,रबिन दर्शन शाही र गायिका रमिता भण्डारी ,बुनु राईलगायतको जोडदार संगीतिक प्रस्तुति समेत राखिएको छ ।

इमेज च्यानलकी चर्चित भिजे सन्ध्या केसीको होष्ट रहने कार्यक्रममा पुराना अभिनेता सरोज खनाल लगायत थुप्रै कलाकारको उपस्थिति रहनेछ । समिर शाह, दावा तामाङ, राजु दर्नइको संयोजन रहेको कार्यक्रम फाइर डिस्कोले हालै लन्चबार व्यवस्थापन गरेको उपलक्ष्यमा आयोजना गर्न लागेको हो । साँझ ६ बजेदेखि सुरु हुने यो फेसन शो महिनाको एकपटक आयोजना गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ । रातोपाटी बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१